०८ अप्रिल २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डका संघिय राष्ट्रपति  योहान स्नाईडर अम्मानलाई उनको औपचारिक चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिनपिङले पेकिङमा स्वागत गरे। स्नाईडर अम्मान अप्रिल ७, २०१६ मा तीन दिने औपचारिक भ्रमणका लागि चीन पुगेका छन्। त्यस अवसरमा स्विस र चीनी राष्ट्रिय धुन बजाईनुका साथै बालबालिकाहरुको एक समुहले स्विस र चीनको झण्डा फहराएका थिए। स्नाईडर अम्मानलाई सैनिक सम्मानका साथ स्वागत गरिएको थियो। स्विटजरल्याण्डको औपचारिक चीन भ्रमण टोलिमा ब्यापार-ब्यवशाय र विभिन्न क्षेत्रका ४० जना स्विस ब्यक्तित्वहरु सम्मिलित छन्। भ्रमणका बेला स्विटजरल्याण्ड र चीनबीच हुने द्वीपक्षिय वार्तामा दुई देशबीचको बन्दब्यापार र विभिन्न क्षेत्रमा सहकार्य गर्न ईच्छा-पत्रमा हस्ताक्षर गरिने बताईएको छ। स्विस सरकारको यहि स्तरको पछिल्लो चीन भ्रमण सन २०१० मा तत्कालिन संघिय राष्ट्रपति डोरिस लोईतहार्डले गरेकि थिईन। चीनको राष्ट्र प्रमुखको पछिल्लो स्विटजरल्याण्ड भ्रमण भने सन १९९० मा चीनका तत्कालिन राष्ट्रपति जियान जेमिनले   गरेका थिए।

Previous articleकांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
Next articleअस्मी श्रेष्ठ मिस नेपाल २०१६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here