काठमाडौँ, चैत २४ गते । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

देउवाले १३९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक रमेश रिजालले राससलाई जानकारी दिनुभयो ।

काँग्रेसका २०७ सांसद्मध्ये २०६ जनाले मतदान गर्नुभएको थियो ।

केन्द्रीय सदस्य एवम् सांसद् नरहरि आचार्य बिरामी हुनुभएकाले मतदान गर्न आउन सक्नुभएन । घरमा लडेर घाइते हुनुभएका अर्का नेता डा रामशरण महतले भने इच्छाइएका स्वकीय सचिव रमेश महतमार्फत मतदान गर्नुभएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

विद्युतीय मतदान यन्त्रबाट मतदान गरिएकाले छिट्टै परिणाम प्राप्त भएको हो । रासस

Previous articleमहिला फोरम स्विटजरल्याण्डद्वारा आङखस्ने रोग प्रोजेक्टका लागि ने.रू. दुई लाख २२ हजार सहयोग
Next articleस्नाईडर अम्मानले सि जिनपिङलाई भेटे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here