८ अप्रिल २०१६, स्विटजरल्याण्ड। सन २०१६ को मिस नेपाल उपाधि चितवनकी अस्मी श्रेष्ठले हात पारेकी छिन्। १८ जना प्रतिस्पर्धिलाई पछाडि पार्दै २२ बर्षिय श्रेष्ठले उक्त उपाधि जितेकी हुन्। उनले यस उपाधिसंगै पुरस्कारमा एक यामाहा स्कुटर र एक लाख नेपाली रुपैयाँ नगद प्राप्त गर्नेछिन्। उनि मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुनेछिन्। मिस नेपाल अस्मी श्रेष्ठले आठौं एशियन च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व समेत गरेकि थिईन्। त्यसैगरी मिस नेपाल अर्थ २०१६ को उपाधि रोशनी खत्री र मिस नेपाल ईन्टरन्यासनल २०१६ को उपाधि बर्षा लेखिले जितेका छन्। उनिहरुले क्रमश: मिस अर्थ र मिस ईन्टरन्यासनलमा नेपालको तर्फबाट सहभागि हुने छन्।

सन १९९४ देखि मिस नेपाल प्रतियोगिता आयोजना गर्न सुरु गरिएको हो। पहिलो मिस नेपालको उपाधि सन १९९४ मा रुबी राणाले प्राप्त गरेकि थिईन्।

missnepal2016_hometop

Previous articleस्नाईडर अम्मानले सि जिनपिङलाई भेटे
Next articleराजदुत डा. अर्जुन कार्कीद्वारा कोस्टारिकाका राष्ट्रपती समक्ष ओहदाको प्रमाणपत्र पेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here