६ अप्रिल २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमकी संयोजक श्रीमति शुभ एलमर-लामाले आफ्नो फेसबुक मार्फत “NRNA Uterus Prolapse Project“ (आङखस्ने रोगको उपचारका लागि प्रोजेकट) का लागि स्विटजरल्याण्डको महिला फोरमले २००० स्विस फ्रयाङकस् (ने.रू. लगभग २२२०००) महिला परोपकार फन्डमा पोस्टफाईनान्स (Postfinance) मार्फत रकमान्तर गरिएको जानकारी गराएकि छिन्। उनले पोस्टमा गैर-आवासीय नेपाली संघ, आईसिसिकी महिला संयोजक सपिला राजभण्डारीले धन्यबाद ज्ञापन गरेकी छिन्। संयोजक लामाले आफ्नो पोस्टमा यहि अप्रिल १५ – १७ मा दैलेखमा पिडित महिलाहरुको उपचार हुने समेत लेखेकि छिन्। लामाले आईसिसि महिला संयोजक सपिला राजभण्डारी र Prolapse Task Force की सह-अध्यक्ष भोमा लिम्बुलाई सहकार्यका लागि धन्यबाद ज्ञापन गरेकि छिन्। संयोजक लामाले १३ मार्च, २०१६ मा स्विटजरल्याण्डको स्टाउफेनमा गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले आयोजना गरेको कार्यक्रमलाई सर्वपक्षिय सहकार्य गर्दै सफल बनाउन महत्वपूर्ण भुमिका निभाएकि थिईन।

Previous articleस्विस राष्ट्रिय बैंकले ५० फ्रयाङकस् को नयाँ नोट निकाल्यो
Next articleकांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here