६ अप्रिल २०१६, स्विटजरल्याण्ड। स्विस राष्ट्रिय बैंकले ५० फ्रयाङकस् को नयाँ नोट प्रकाशमा ल्याएको छ। स्विस कलाकर्मी मान्युएला फ्रुन्डरद्वारा डिजाईन गरिएको उक्त नोटलाई बैंक प्रमुख थोमस जोर्डानले विमोचित गरेका हुन्। नोट डिजाईनको प्रारम्भमा “विश्वब्यापी रुपमा खुल्ला स्विटजरल्याण्ड” को अवधारण अनुसार नोट डिजाईन गर्ने प्रयास गरिएको भएपनि उक्त अवधारणालाई मुर्तरुप दिनु चुनौतिपुर्ण भएकाले “बहुआयामिक स्विटजरल्याण्ड” अवधारणा अनुसार नोट डिजाईन गरिएको जनाईएको छ। हरियो रंग रहेको नयाँ ५० फ्रयाङकस् को नोटमा सांकेतिक रुपमा हावा जनाउने स-साना वाणले घेरिएको पृथ्वी, एक हिमश्रृङखला, डेन्डेलियोन फुल समातेको एक हात र एक पाराग्लाईडर अंकित छन्। नोटका डिजाईन कर्ता फ्रुन्डरले “हात एक औजार भएको र त्यसैका माध्यमले मानवविकास अधि बढेको बताउँदै कुनैपनि कार्य गर्दा सर्वप्रथम हातनै अघि सर्ने” बताईन्।

फोटोः blick.ch
फोटोः blick.ch
Previous articleरेडक्रसलाई विशिष्ट हैसियत आवश्यक उपप्रधानमन्त्री मैनाली
Next articleमहिला फोरम स्विटजरल्याण्डद्वारा आङखस्ने रोग प्रोजेक्टका लागि ने.रू. दुई लाख २२ हजार सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here