प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प र नाकाबन्दीका कारण सम्पन्न हुन नसकेका निर्माण कार्य सम्पन्न गर्न एक वर्ष समय थप्न सकिने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँं साधारणसभाको उद्घाटन समारोहलाई आज चितवनको रत्ननगरमा सम्बोधन गर्दै उहाँले निर्माण व्यवसायीको मागअनुरुप एक वर्षको समय थप गरिने आश्वासन दिनुभयो ।

गुणस्तरीय निर्माणलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले आफ्नो देश सोचेर काम गर्नुपर्ने पनि बताउनुयो । सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने भन्दै प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्ग चौडा गराउने, केरुङदेखि काठमाडाँैंसम्मको सडकलाई दुई लेनको पक्की बनाउने, भैरहवा विमानस्थलको कामलाई अगाडि बढाउने, पोखरा विमानस्थलको काम तत्काल सुरु गर्ने, केरुङ– काठमाडाँैं, पोखरा, लुम्बिनी रेलमार्गको काम छिट्टै अघि बढ्ने बताउनुभयो । भोलिसम्म चल्ने महासङ्घको कार्यक्रममा देशभरिबाट एक हजार दुई सयभन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको सहभागिता रहेको छ ।
आजै चितवनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले अहिले देशको चालक भएकाले शिर निहु¥याउनु पर्ने गरी कुनै काम नगर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।
अर्को प्रसंगमा ओलीले नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभएको र हुन पनि नहुने बताउनुभयो । भारत र चीन दुवैलाई हेर्ने दृष्टिकोण सरकारको बराबर रहेको उहाँको भनाइ थियो ।

Previous articleपोखरामा दिउँसै अन्धकार, असिनासंगै भिषण बर्षा
Next articleस्विटजरल्याण्डको सुन्दर वालनसेमा नेपाली अन्तरवार्ता: महिला बिषयमा कडकिईन डा. खडका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here