पोखरामा आज दिउँसै अन्धकार भएको छ । दिउँसो सवा ४ बजेतिर मेघगर्जनसहित परेको भिषण असिना पानीसंगै पोखरा अन्धकार बनेको छ । थोरै मात्रै गुडेका सवारी साधनले पनि दिउँसै हेडलाइट बाल्न बाध्य भएका छन् भने ठूलो असिना पानीले खेतबारीमा भएको लहरे बाली र सुन्तला लगायतका फलफुलमा ठुलो क्षति पुगेको छ ।

पहिलो र दोस्रो पटकको असिनाबाट केही मात्र जोगिएको लहरे बालीमा पनि आजको असिना पानीले थप क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालय कास्कीका बरिष्ठ कृषि विकास अधिकृत रमेश प्रसाद कोइरालाले बताउनु भएको छ ।
मौषम पूर्वानुमान महासाखाले दिउँसो हल्का वर्षा हुने संकेत गरेपनि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको थियो । कास्कीको कास्कीकोट वडा नं ३ र ४ मा असिनाका कारण व्यापक धनजनको क्षति भएको स्थानीय देवेन्द्र सुवेदी जानकारी दिनुभयो ।

Previous articleसरकारको काम कछुवाको गतिमा भएको एमाओवादी प्रवक्ता शर्माको भनाइ
Next articleनिर्माणको कार्यावधि एक वर्ष थपिने प्रधानमन्त्री ओलीको भनाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here