१३ मार्च २०१३, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै १०६ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदैछ। महिला फोरम स्विटजरल्याण्डकी संयोजक श्रीमति शुभ लामाले आधिकारीक कार्यक्रम समापन गर्दै महिला दिवसलाई आजको मितिसम्म महिला शसक्तिकरण र अधिकारका क्षेत्रमा प्राप्त प्रगतिलाई प्रतिविम्भित गर्ने र थप सामाजिक परिवर्तनका लागि आवाज उठाउने मौकाको रुपमा लिएको बताईन्। कार्यक्रमको संचालन एनआरएनए स्विटजरल्याण्डकी उपाध्यक्ष श्रीमति सीमा गौतमले गरेकी थिईन्।

आधिकारीक कार्यक्रमको समापन पश्चात फोरमकी सदस्य श्रीमति आमिना श्रेष्ठले “ त्यो ज्यानले मा-यो” बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिन्। अझै विभिन्न महिला बिषयका प्रस्तुति र साँस्कृतिक कार्यक्रमहरु बाँकिनै रहेको आयोजकहरुले बताएका छन्।

DSC_0382

Previous articleएनआरएनए फुजैराह क्षेत्रीय समितीको बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने
Next articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवसमा प्रा. डा. मीना सिङ खड्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here