मान बहादुर के.सी.,यूएई। गैर आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितीले नेपाली कलाकार समुह (NAG) यूएईको बिशेष सहयोगार्थमा आउदो १८ मार्च २०१६ शुक्रबारका दिन फुजैराहको माधव पार्कमा आयोजना गरेको ‘बनभोज तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम’को तयारीलाई अन्तिम रुप दिएको छ। गत शुक्रबार फुजैराह स्थित नेपाली पार्कमा बसेको संस्थाको बैठकले कुल क्षेत्रीको संयोजकत्वमा शंकर महर्जन लगायत १० जनाको ब्यबस्थापन समिती बनाई कार्यक्रमको तयारी पुरा गरेको हो। 

दुईटै संस्थाले सयुक्त रुपमा फुजैराहमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै समाज सेवाका कार्यहरु गर्नुका साथसाथै समय समयमा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै अाई रहेका छन् । आफ्नो जन्म भुमी छोडेर प्रबाशमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाउँ भेटघाट गराउदै नेपाली खानाको स्वाद चखाउदै, नाच्दै, गाउदै, रमाउदै, दु:ख सुख साट्दै, सबै एकसाथ बसेर खुशीयाली बाट्ने उदेश्यका साथ बनभोज कार्यक्रमको आयोजना गरिएको हो।  

सो कार्यक्रममा नेपाली राजदुताबासका प्रतिनिधि र एनआरएनए यूएईका केन्द्रिय पदाधिकारीहरुको पनि बिशेष उपस्थिती रहने भएको हुनाले फुहैराहमा कार्यरत नेपालीहरुले आफ्ना समस्या र गुनासाहरु सिधै राख्नु पाउने हामीलाई एनआरएनए फुजैराह क्षेत्रीय समितिका सचिब शेर सुनारले जानकारी दिनु भयो। 

त्यस्तै एनआरएन फुजैराह क्षेत्रिय समितीका अध्यक्ष कृष्ण गिरीले फुजैराहमा कार्यरत नेपालीहरु बिचमा आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्नु तथा एकै ठाउमा जम्मा भएर दु:ख सुख साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त ‘बनभोज तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम’मा सबैले स-परिवार उपस्थित भएर भब्यताका साथ सफल पार्नु अनुरोध गर्नु भएको छ ।

Previous articleनेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु
Next articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवसको आधिकारीक कार्यक्रम समापन र रोमान्चक नृत्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here