१३ मार्च २०१३, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै १०६ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदैछ। महिला फोरम स्विटजरल्याण्डकी संयोजक श्रीमति शुभ लामाले आधिकारीक कार्यक्रम समापन गर्दै महिला दिवसलाई आजको मितिसम्म महिला शसक्तिकरण र अधिकारका क्षेत्रमा प्राप्त प्रगतिलाई प्रतिविम्भित गर्ने र थप सामाजिक परिवर्तनका लागि आवाज उठाउने मौकाको रुपमा लिएको बताईन्।

आफ्नो अमेरीका र नेपालको अनुभव बताउँदै कार्यक्रमकी बिशेष अतिथि डा. खड्काले कसले के भन्छन् भन्नेमा ध्यान नदिन अनुरोध गर्दै स्वामी रामदेवले भन्ने गरेका “सबसे बडा रोग, क्या कहेगा लोग” मा ध्यानाकर्षण गराईन्। अमेरीका छँदा ह्वाईट हाउसमा आयोजित १००औं अन्तराष्ट्रिय नारी दिवसको सम्झना गर्दै महिलाहरुलाई “No Tears, No Fears” को अबधारणामा अधि बढनु पर्ने बताईन्। उनले नारी समस्याका बारेमा रोचक अनुभबहरु सुनाईन्। नेपालमा भुकम्प गएपछि नेपालमा सेवा गर्ने हेतुले नेपाल फर्केकी डा. खड्काले भुकम्प पिडितकालागि ११ करोडको सहयोगको घोषणा गरेको जानकारी गराईन्। कार्यक्रमका सहभागीहरुले उनको रोचक प्रस्तुतिको सबैले भरपुर मजा लिए।

DSC_0507

Previous articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवसको आधिकारीक कार्यक्रम समापन र रोमान्चक नृत्य
Next articleस्विटजरल्याण्डको अन्तराष्ट्रिय नारी दिवसमा विविध साँस्कृतिक कार्यक्रम र महिला बिषयमा प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here