०५ मार्च २०१६, इस्तामबुल। टर्किको इस्तामबुलमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गर्दै टर्किको सबै भन्दा ठूलो पत्रिका “जमान” (Zaman) प्रहरीले नियन्त्रमा लिएको छ। प्रहरीहरुले प्रदर्शनकारीमाथि प्रहरी बल प्रयोग गरी उक्त पत्रिकाको कार्यालयमा प्रवेश गरी छापा मारेका थिए।

अमेरिकामा बस्दै आएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनले चलाएको जमान पत्रिका जिहमेत अभियानसँग निकट रहेको मानिन्छ। अदालतले शुक्रबार आदेश सुनाउँदै जमान पत्रिकालाई नियन्त्रणमा लिन सरकारी अधिकारीहरुलाई आदेश दिएको थियो। उक्त पत्रिका टर्कीमै सबैभन्दा बढी विक्री हुने पत्रिका हो।

Previous articleकाँग्रेसको चुनावी तालिका अनुसार आज उम्मेदवारको नामावली सार्वजनिक हुँदै ( पूर्णविवरण सहित)
Next articleनेपाली कांग्रेसका ६३ जनाद्वारा उम्मेदवारी फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here