Shital Niwas
राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै भारतमा सम्पन्न साग खेल अन्तर्गत पुरुष समूह तर्फको फुटबलमा स्वर्ण जित्न सफल नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गर्नु भएको छ ।

फागुन ३ गते सम्पन्न फाईनल खेलमा आफ्नो प्रतिद्वन्दी भारतलाई २-१ ले हराउंदै नेपालले उपाधी कब्जा गरेको हो । केही समय अघिमात्र बंगलादेशमा सम्पन्न बड.बन्धु गोल्डकमा समेत उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई पुनः सागमा स्वर्ण जित्न सफल हुंदै नेपालीहरुमा खुशी ल्याएकोमा खेलाडीहरुको प्रशंसा गर्दै राष्ट्रपतिले बधाई दिनु भएको हो ।

२३ वर्ष यता उपाधि कब्जा गर्न नसकेको नेपाली फुटबल इतिहासको अन्त्य गरेर सम्पूर्ण नेपालीहरुमा उत्साहको सञ्चार गराउंदै सबैमा उमंग ल्याउन सफल उक्त विजय शृंखलाले सबैलाई हर्षित तुल्याएको र नेपाली खेलकुदको भविष्य र सम्भावा दुबै सुरक्षित छ भन्ने तर्फ संकेत गरेको राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी राष्ट्रपतिले साग अन्तर्गत उसु र जुडो तर्फका स्वर्ण पदक विजेता निमा घर्ती मगर र फूपूल्होमु खत्री तथा अन्य पदक विजेता खेलाडीलाई समेत बधाई ज्ञापन गर्नु भएको छ ।

Previous articleआन्तरिक विमानको भाडा घट्यो
Next articleफोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० बढीद्वारा पार्टी परित्याग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here