rijwan ansari
काठमाडौ, ५ फागुन । संघीय समाजवादी पार्टी र फोरम नेपालवीच एकता भई बनेको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जना नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरिएको हो ।
पार्टी परित्यागको घोषणा गर्नेहरुमा हालका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, बीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव र रामेश्वर यादव रहेका छन ।
त्यसैगरी सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज नविन्द्र कुमार तामाङ, केन्द्रीय परिषद सदस्यहरु उपेन्द्र साह, शम्भु चौधरी, मेम्बर लो, रामेन्द्र साह, कलामुद्धिन अन्सारी, गणेश गिरी, हरि घिमिरे, अनवर अन्सारी, राम लामा, बारा जिल्ला पूर्व अध्यक्ष कलामुद्धिन मदानी, संघीय किसान महासंघका महासचिव बुद्ध लामा, सचिव पूर्ण बहादुर श्रेष्ठ, महिला केन्द्रीय सदस्य टोकल तामाङ्ग, ताम्सालिङ्ग प्रदेश सदस्य बुद्धसिद्धी लामा, पूर्व केन्द्रीय सदस्य सिंहबहादुर तामाङ्ग, पूर्व पर्सा जिल्ला अध्यक्ष सरिफ मियाँ, पूर्व केन्द्रीय सदस्य सञ्चर बीर दोर र प्रेस फोरमका केन्द्रीय सदस्य अफरोज मंसुरीसहित रहेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीभित्र फरक मत सहित गठन गरिएको संघीय नवविचार समूहका संयोजक रिजवान अन्सारीले राज्यसँग समानुपातिक समावेशीको माग गर्ने नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्रमा समावेशी समानुपातिक विरोधी चरित्रको विरोध गर्दा आफूहरु कारवाहीको भागी दारी बनेको गुनासो गरेर ।
उनले  त्यसका विरुद्ध आगामि फागुन २९ राजधानीमा बृहद राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिदै कार्यकर्ता भेलाबाट पार्टीभित्रै संघर्ष गर्ने वा नयाँ पार्टी खोल्ने भन्ने निर्णय हुने बताए ।
अन्सारीले पार्टी र नेतृत्वले अत्यन्तै गैर जिम्मेवार, द्धैद्य गरित्र , सकृयाता, अहंकारबादी, अबैधानिक र अराजनीतिक क्रियाकलाप गरेर पार्टीको आन्तरिक लोकतन्त्रको घाटि निमोठने काम गरेको भन्दै त्यसका विरुद्ध आफूहरु आन्दोलित बन्नु परेको धारणा राखे ।

Previous articleस्वर्ण पदक विजेता फुटबल टोलीलाई राष्ट्रपतिको बधाई
Next articleप्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्छ, सम्बन्धलाई अझै प्रगाढ बनाउँछः भारतीय राजदुत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here