११ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सवलाई संगीतमय बनाउन यूरोप र स्विटजरल्याण्डका लोकप्रीय कलाकारहरुको कार्यक्रममा सहभागिता र प्रस्तुति रहने समाचार यसअधिनै प्रकाशित भैसकेको छ। कार्यक्रम संगीतमयमात्र नभई साहित्य र विचारमय पनि हुने भएको छ। वार्षिकोत्सव समारोहमा अतिथिका रुपमा सहभागी हुन नेपाली पत्रकार महासंघ, यूरोपका बरीष्ठ उपाध्यक्ष ओम शर्मा, नेपालब्रिटेनका संस्थापक संपादक एंव नेपाली पत्रकार महासंघ, यू.के. शाखाका अध्यक्ष श्री चिरन शर्मा, स्पेनबाट नेपालीनेपाली डट कमका संपादक श्री बसन्त रानाभाट, गोर्खा रेडियो यू. के. का निर्देशक नरेन्द्र बस्नेत, बेल्जियमबाट साहित्यकार एवं ईन्फोमाला डट कमका संचालक/संपादक पंचम अधिकारी र अर्न्तराष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमका अध्यक्ष श्री दिपकज्योति पौडेल स्विटजरल्याण्ड आउँदै हुनु हुन्छ। त्यसैगरी हल्याण्डबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाज, ग्लोबल समितिका अध्यक्ष श्री पुष्प बरुवाल र बेल्जियमबाट उक्त समाजका यूरोप संयोजक श्री अर्जुन कुमार काफ्लेको पनि कार्यक्रममा अतिथिका रुपमा सहभागिता रहने छ। यूरोपको प्रवासी नेपाली समाजका परिचित पत्रकार, साहित्यकार र कलाकर्मीहरुको उपस्थितिले नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सबलाई विचार र साहित्यमय बनाउने अपेक्षा गरिएको छ। नेपाल स्वीस डट कम स्विटजरल्याण्डबासी सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु आफ्नो छैठौं वार्षिकोत्सव समारोहमा हार्दिक निमन्त्रणा गर्दछ। उपस्थित भई कार्यक्रमलाई सफल पारीदिनु हुन नेपाल स्वीस डट कम सबैमा हार्दिक अनुरोध गर्दछ।

 

Previous articleएनआरएनए यूएईको भ्रमण टोलीले जेलमा रहेका नेपालीहरुको अबस्था बुझ्दै
Next articleप्रवासी नेपाली मञ्च, स्विट्जरल्याण्डको भावपूर्ण हार्दिक श्रद्धाञ्जली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here