मान बहादुर के.सी., यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले नेपाली राजदूतावास संग समन्वय गरी फेब्रुअरी महिना भरि यूएईमा कार्यरत नेपालीहरुलाई लक्षित गर्दै जनचेतना तथा जागरण अभियान चलाएर साप्ताहिक यूएईका विभिन्न प्रान्तहरुमा भ्रमण गरेर चेतना जगाउदै गर्ने क्रममा १० फेब्रुअरी बुधवारका दिन सारजाहको जेलमा पुग्दा ६ जना नेपालीहरु भेटाएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएन) युएई अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राईको टोलीले सारजाह जेल पुग्दा जेलमा जेल जिबन बिताई रहेका ६ जना नेपालीहरुलाई भेटेको हो । 

सारजाह जेलमा भेटिएका नेपालीहरु मध्य ४ महिला र दुई पुरुष रहेको एनआरएनएका उपाध्यक्ष रमेश श्रेष्ठले हामीलाई जानकारी दिए ।  

श्रेष्ठका अनुसार चितवनकी अधिकारी थरकी एक महिला, झापाकी भुजेल थरकी एक महिला र रोल्पाकी सार्की थरकी एक महिला गरी जम्मा तीन जना महिला अवैधानिक रुपमा बसेकोले सारजाह जेलमा परेका छन् भने थापा थर भएकी बुटवलकी एक महिला हत्याको अभियोगमा जेल जिबन बिताई रहेकी खुल्न आएको छ । त्यस्तै सवारी दुर्घटनाको कारण तनहुँ योगी थरका एक पुरुष र सार्वजनिक स्थानमा मदिरा सेवन गरेको अभियोगमा नारायणघाट तिवारी थरका एक जना पुरुष जेलमा रहेका छन् ।

एनआरएनएको उद्दार टोली जेल पुग्दा जेल प्रशासनले आफुहरु सँग राम्रो व्यबहार गरेको र प्रशासन संगको छलफलका क्रममा एनआरएनए यूएईले राजदूतावास संग समन्वय गरि यूएईमा चलाएको जनचेतना तथा जागरण अभियानका बारेमा जानकारी गराउदा उक्त कार्यको जेल प्रशासनले खुलेरै प्रसंसा गरेको श्रेष्ठले बताए ।

श्रेष्ठले छिट्टै अवैधानिक रूपमा बसेको महिलाहरुलाई एनआरएनए यूएईले हवाई टिकट उपलब्ध गराएर स्वदेश फिर्ता पठाउने जानकारी पनि दिनु भयो ।

एनआरएनए यूएईले नेपाली राजदूतावास संगको समन्वयमा युएईका विभिन्न जेलमा रहेका नेपालीहरुको अवस्था बुझेर उद्दारका निम्ति पहल गरि रहेको छ । अब केहि दिनमै अबुधाबीको जेल भ्रमण गर्ने योजना रहेको उपाध्यक्ष रमेस श्रेष्ठले बताएका छन् ।

Previous articleसरकारको असक्षमताको कारण ग्यांस अभाव भएको ग्यांस ब्यवसायी महासंघको आरोप
Next articleनेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोहमा यूरोपका परिचित साहित्यकार, कलाकर्मी एंव पत्रकारहरुको जमघट हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here