नेपालका पुर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सम्माननीय श्री शुशिल कोइरालाज्यूको बि. स. २०७२ साल माघ २६ गतेका रात भयको अप्रत्याशित निधनको समाचारले म लगायत प्रवासी नेपाली मञ्च, स्विट्जरल्याण्ड स्तव्ध भएका छौं। वांहाँले आफ्नो सम्पुर्ण जिवन देश र जनताकोप्रजातन्त्रका लागि सहर्ष बलिदान गरी एउटा त्यागी , इमान्दार र प्रजान्त्रीक ब्यक्तित्वको ज्वलन्त उदहारण हाम्रो सामु प्रस्तुत गर्नु भएको छ । यस्ता ब्यक्तित्वलाई गुमाउनु भनेको कांग्रेस पार्टीलाइ मात्र नभई संपूर्ण नेपाली बर्ग लाइनै एउटा अपूर्णीय क्षती भएको हामी मान्दछौं।

वहांले देश र जनतालाई दिनु भएको परिश्रम र योगदान नेपाल र नेपाली जनताका लागी सदैब सुनौलो उदहारण बनिरहने छ। उहांको देहावसानको दुखद घडिमा मृतआत्मको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अपर्ण गर्दछौं र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

संजय मूडभरी  
अध्यक्ष, प्रवासी नेपाली मञ्च, स्विट्जरल्याण्ड

Previous articleनेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोहमा यूरोपका परिचित साहित्यकार, कलाकर्मी एंव पत्रकारहरुको जमघट हुने
Next articleप्रणय दिवस वा प्रेम दिवस Valentine’s Day

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here