बहादुर के.सी., कतार। “हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर गठन भएको सुदूर पश्चिम सेवा समाज कतारको बैठक गत २९ जनवरी २०१६ शुक्रबारका दिन दोहा स्थित टपफम होटलमा सम्पन्न भएको छ। 

संस्थाका अध्यक्ष अमृत शाहीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा संस्थाका पदाधिकारी र कतारमा कार्यरत स्थानिय कलाकारहरु गायक गंगा दत्त गिरी, खडक रावल, रामबाबु बोहरा, निषा ढकाल, लोकेष बि.सी., रिमा क्षेत्री, रिमा लामा, बारिश बम्जान, पारु मगर लगायत संस्थाका पदाधिकारीहरुको बिशेष उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सन्चालन संस्थाका महासचिब महेश कार्कीले गरेका थिए भने सल्लाहकारहरु नरेन्द्र भाट र देबराज अबस्थी कार्यसमिती सदस्य अलिबाबुले आ-आफ्नो मन्तव्य राखेका थिए ।

आगामि ०५ फेब्रुअरी २०१६ शुक्रबारका दिन चर्चित लोकदोहोरी गायिका देबिका के.सी. को बिशेष उपस्थितीमा र गायक गंगा दत्त गिरी, युबराज छत्याल लगायत दर्जनौ कलाकारको जोरदार प्रस्तुती रहने गरी आयोजना गरेको ‘नयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम’लाई भब्यतका साथ सफल बनाउनु अन्तिम रुपरेखा तयार पार्नु सो बैठक बसेको संस्थाका महासचिब महेश कार्कीले जानकारी दिए । 

उक्त ‘नयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम’मा धमाकेदार देउडा दोहोरी हुने पनि कार्कीले हामीलाई जानकारी दिएका छन् ।  

सुदूर पश्चिमको कला साँस्कृतिको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रहरुलाई देश बिदेशमा चिनाउनु र प्रबाशमा भईपरी आउने समस्यालाई समाधान गर्ने तथा कतार भरि छरिएर रहेका सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकताको सुत्रमा बाध्ने उदेश्यका साथ “हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर गठन भएको सुदूर पश्चिम सेवा समाज कतारले आयोजना गरेको ‘नयाँ बर्षको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम’मा कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर भब्यताका साथ सफल पारी दिनु हुन अनुरोध गरेको छ ।

Previous articleनेपाली ऐक्यबद्धता मंच, स्विट्जरल्याण्डको प्रेस-विज्ञप्ति
Next articleसिरियामा बम हमला, कम्तीमा ४५ को मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here