३१ जनवरी २०१६, स्विट्जरल्याण्ड। डा. विनय श्रेष्ठ द्वारा लिखीत “प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?” शीर्षक नामक लेख २६ जनवरी २०१५ मा सेतोपाटी अनलाइनमा प्रकाशित भएको लेख प्रति संगठनको गम्भीर ध्यान आकर्षण भएको भन्दै नेपाली ऐक्यबद्धता मंच, स्विट्जरल्याण्डका अध्यक्ष अचुत प्रसाद फुयालले एक प्रेस-विज्ञप्ति जारी गरेको छ।

प्रेस-विज्ञप्ति जस्ताको तस्तै:

सेतोपाटी अनलाइनमा प्रकाशित माघ १२, २०७२ ,डा बिनय श्रेष्ठ द्वारा लिखित लेख प्रबासी नेपालिका संघसस्था मा किन हुन्छ बिबाद भन्ने लेख प्रति हाम्रो संगठन को गम्भीर ध्यानआकर्षण भएको छ | 

लेखक मित्र लाइ राम्रो संग थाहा हुनु पर्ने हो स्विटजरल्याण्ड मा बिधिबत रुपमा स्थानीय प्रसासन मा दर्ता भएको नेपालि एक्यबद्दता मंच सन् २००४ देखि नै अस्तित्व मा रही क्रियासिल भएको छ र लेखक स्वयम् यस सस्थाका कतिपय कार्यक्रम हरु मा उपस्थित हुनु भएको छ | 

स्विटजरल्याण्डका नेपालि हरुले नेपालमा गणतन्त्र सहित को अग्रगामी परिबर्तन,समाजसेवा र स्विटजरल्याण्ड मा भएका नेपालि हरुको समस्यालाई सहि रुपमा हल गर्नको लागि हामीहरुले सन् २००४ मा तत्कालिन नाम अन्तररास्ट्रियताबादी नेपालि एक्यबद्दता मंच स्विटजरल्याण्ड (हाल नेपालि एक्यबद्दता मंच) गठन गरि स्थानीय प्रसासन मा दर्ता समेत गरिएको हो | तत्कालिन समयमा नेपालमा चलेको मुक्ति आन्दोलन को पक्षमा तथा ज्ञानेन्द्र को प्रत्यक्ष सासनको बिरुद्दमा स्विटजरल्याण्डका विभिन्न स्थानहरुमा प्रदर्सन संयुक्त रास्त्रसंघ (United Nation)को कार्यालय जेनेभा देखि लिएर स्विस संसद भबन बेर्न, बासल, जुरिच लगाएत का ठाउमा भएका प्रदर्सन,विभिन्न समयमा नेपाल माथिको बिदेशी हस्तक्षेप र भारतीय बिस्तारबाद लगाएतको बिरोध स्वरूप भारतीय दुताबास , अमेरिकि साम्राज्यबादले नेपालमा गरेको नाङ्हो हस्तक्षपका बिरुद अमेरिकन दुतबाश बेर्नमा  लगाएत मा प्रदर्सन र ज्ञापन पत्र हस्तान्तरण लागएत यस सस्थाले गरेका कार्यको बारेमा धेरै थोरै लेखक परिचित नहुनु भएको होइन तर यो कुरा स्वीकार गर्न लेखक लाइ किन गाह्रो पर्यो र एउटा स्थापित सस्थाको नाम छुटाइयो या गल्तिबस छुट्न गयो यो स्वयं लेखक ले जान्ने कुरा हो | 

लेखक मित्र NRN  स्विटजरल्याण्डको ICC सदस्य जस्तो जिम्मेबार पदमा रहेर यस्तो हल्का र भ्रामक टिप्पणी गर्नु  एउटा लामो इतिहास बोकेको सस्था जो स्विसको नेपालि समाज,स्विसको स्थानीय प्रसासन र  स्विस स्थित बिभिन्न मानबअधिकार बादी संघ सस्थाहरु संग नजिक रहेर बर्सौ देखि गतिबिधि गर्दै आएको र चिरपरिचित सस्थाको नाम छुट्नु वा अस्तित्व स्वीकार गर्न नसक्नु सामान्य कुरा होइन भन्ने हामीलाई लाग्दछ/ 

एस्तो पुर्बाग्राही भाबना सहित को समाजसेवा लाइ स्विस बासि नेपालीले कसरि मुल्यांकन गर्ने.?? समाजसेवा को लागि निस्वार्थ भाबना चाहिन्छ र अर्काको अस्तित्व स्वीकार गरे मात्र सबै संघ हातेमालो गर्दै अगाडी बढ्न सकिने कुरा विद्वान लेखक मित्र ले बुझ्नु जरुरि छ |

अचुत प्रसाद फुयाल 

अध्यक्ष

नेपाली ऐक्यबद्धता मंच (NESOF SWISS) स्विट्जरल्याण्ड 

Previous articleम्यानमारमा सैनिक शासन अन्त्य, संसदमै भयो नाचगान
Next articleसुदूर पश्चिम सेवा समाज कतारको आयोजनामा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here