युरोपेली आयोगको एउटा प्रतिवेदनले, ग्रीसले आफ्नो बाहिरी सिमानाहरु नियन्त्रण गर्नुपर्ने दायित्व पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ।

सीमा नियन्त्रण कार्यमा देखिएको गम्भीर कमजोरीहरुको समाधान नगरेमा ग्रीसलाई विना राहदानी वा प्रवेशाज्ञा यात्रा गर्नसकिने सेंगेन क्षेत्रका अन्य सदस्यहरुले प्रतिबन्ध लगाउन सक्नेछन्।

विना राहदानी यात्रा गर्न पाइने सेंगेन क्षेत्रको बाहिरी सिमाना नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पालना गर्न ग्रीस गम्भीर रुपमा चुकेको युरोपेली आयोगको भनाई छ।

असफल

युरोपेली आयोगका उपाध्यक्ष भाल्डीस डोम्ब्रोभ्सकीसले भनेका छन्, ग्रिसले टर्कीबाट ससाना डुंगा चढेरर आएका आप्रवासीहरुको अभिलेख राख्‍न, तिनीहरुको औंठाको छापलिन र परिचयको जाँच गर्न असफल भएको छ।

यदि उक्त प्रतिवेदनलाई सदस्य राष्ट्रहरुले अनुमोदन गरेमा, ग्रीसले अवस्थामा सुधार ल्याउन तीन महिनाको समय पाउने छ।

अन्यथा युरोपेली संघले अन्य राष्ट्रहरुलाई ग्रीससंगको तिनीहरुको सिमाना अस्थायी रुपमा बन्द गर्न भन्न सक्नेछ।

नियन्त्रण

आप्रवासी संकटले राहदानी बिना यात्रा गर्न पाइने सेंगेन क्षेत्रलाई जोखिममा पारिदिएको छ।

सन् २०१६ को आरम्भदेखि यता ग्रीक टापुहरुमा थप ४४ हजार आप्रवासीहरु पुगिसकेका छन्।

अष्ट्रिया, हंगेरीलगायतका इयु राष्ट्रहरुले पहिले नै आफू कहाँ आउने आप्रवासीहरुको संख्या कटौती गर्न सिमानामा अस्थायी नियन्त्रण लागू गरिसकेका छन्।

-बीबीसी नेपाली

Previous articleनेपालमा गरिएको संविधान संशोधनको राष्ट्रसंघद्वारा स्वागत
Next articleयु १९ विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुवात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here