UN logo
नेपालमा जारी संविधान २०७२ मा भएको पहिलो संशोधनलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले नेपालमा संवैधानिक प्रावधानमा देखिएका केही मतभिन्नताहरुको समाधानका लागि हालै भएको संविधान संशोधनको संसदीय प्रक्रियालाई संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत गर्नुभएको छ । महासचिव मुनले अझै पनि बांकी रहेका केही असमझदारीहरुलाई दलहरुबीचको वार्ताको माध्यमबाट लचकताका साथ प्रस्तुत भई समाधान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको नेपालस्थित राष्ट्रसंघीय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त विज्ञप्तिमा मुनले नेपालमा देखिएको अहिलेको सकारात्मक प्रगतिले नेपालमा विद्यमान सीमा समस्या समाधान हुनका साथै सीमा नाकाबाट आपूर्ति सामान्य तुल्याउन तथा पुनर्निर्माणको अतिमहत्वपूर्ण कामका साथै अन्य अति आवश्यकीय कार्यहरुमा राज्यको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नु भएको छ ।

Previous articleकुनै पनि शक्तिले मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैनः पौडेल
Next articleसिमाना नियन्त्रण गर्न ग्रीस असफल: इयू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here