२६ जनवरी २०१६, स्विट्जरल्याण्ड। जुरीख सहरको होर्गेनमा आयोजना हुन लागेको एक साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालका प्रख्यात पप गायक मंगोलियन हर्टका राजु लामा स्विट्जरल्याण्ड आउने भएका छन्। यही आउदो ०६ फेब्रुवरी २०१६, शनिवारका दिन स्विट्जरल्याण्डको होर्गेन सहरमा हुन गैरहेको साँस्कृतिक कार्यक्रममा सहभागी हुन गायक लामा स्विट्जरल्याण्ड आउने भएका हुन्।

उनले तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना ओए नाना, हिमाल पारीको देशबाट मेरी माया मलाई हेर्दै होलिन र तिब्बतियन गितहरुमा आफ्नो सुमधुर सोर दिएका गायक लामा स्विट्जरल्याण्ड आउने खबरले नेपाली लगाएत तिब्बियन युवायुवतीहरु आफ्नो कार्यब्यस्ततालाई पन्छाएर कार्यक्रममा सहभागी हुन तयारी गरिरहेको छिरिङ एल सेसुङले नेपाल स्वीस डट कम लाई जानकारी गराए।

संगीत मार्फत नेपालको सिन्धुपालचोक जिल्लामा सहयोग गर्ने हेतुले आयोजना गरेको उक्त कार्यक्रममा तिब्बतियन गायकहरुको पनि प्रस्तुति रहने जनाइएको छ। यसै समाचार मार्फत स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीलाई कार्यक्रममा सहभागी भएर भरपूर मनोरन्जन लिन छिरिङले अनुरोध गरेकी छिन। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि मोबाई नम्बर ०७९३५६१७९६ मा संम्पर्क गर्नु हुन उनले हार्दिक अनुरोध समेत गरेकी छिन्।

Previous articleअमेरिकामा  नेपाली रेस्टुराँ सर्वोत्क्रिष्ट  अवार्ड जित्न सफल
Next articleनयां शक्ति गएका पासाङ र चैतन्यसहित ८ जना सामाजिक लोकतान्त्रिक पार्टीबाट निस्कासित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here