Laxman1

अमेरिका प्रतिनिधि

सानो देशमा जन्मेपनी विस्वमा ठुलो नाम कमाउने नेपाली गौरवमय परम्परालाई निरन्तरता दिँदै गत सालमात्र खोलिएको थर्डआई रेस्टुराँले बर्षको सर्वोत्क्रिष्ट रेस्टुराँको उपाधी जितेको छ। सो अवार्डको सिटी अफ मिल्ब्रे र मिल्ब्रे च्याम्बर अफ कमर्सकोसंयुक्त मुल्याङ्कन टोलिले मिल्ब्रे  इक्सिलेन्स इन बिजिनेज अवार्ड अन्तर्गत हाल सालै घोषणा गरी  जनवरी २१ का दिन एकभव्य समारोह र रात्रीभोजको माझ सो अवार्ड प्रदान गरिएको हो।
यस क्षेत्रका प्रतिष्टित समाजसेवी रोशन आधिकारि पनि भनेर चिनिने  लक्षमण आधिकारिको स्वामित्व र व्यवस्थानमा सँचालित सो रेस्टुराँ,  मेल्ब्रे डाउनटाउनको मुटुमा अवस्थित छ। सो रेटुराँ नेपाली इन्डियन र हिमालयन पकवानहरु प्रस्तूत गर्दछ। दिनप्रतिदिन लोकप्रीय हुँदै गईरहेको   सो रेस्टुराँले एकै पटक झन्डै २०० जनालाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्द छ भने चानचुन१०० जनालाई अटाउने बैंकवेट हल पनि छ। सो खुशीको खबर सङ्गै  हाम्रा प्रतिनिधि त्यहाँ पुगी संचालक रोशन अधीकारीलाई भेटीसङ्क्षिप्त कुराकानी गरेको थियो।यहाँ कार्यरत कूक र अन्य कामदार हरु झन्डै सबैजसो होटेल ब्यब्स्थापन र हस्पिट्यालिटीमाग्रेजुएट हुनाका साथइ दीर्घ  अनुभवी पनि भएकोले यो सफलता पाईेको कुरा सन्चालक आधिकारिले बताउनु भयो। सो अवार्डजितेको आफू प्रसन्न भएको र सो को सफलताको श्रेय आफ्नो सक्षम रेस्टुराँ समूहलाई जाने भन्दै सम्पूर्ण स्टाफलाई धन्यवाददिनु भएको छ।  रेस्टुराँको भावी योजना बारे जिज्ञासा राख्दा निकट भविष्यमा नै फ्रिमन्ट र सान्फ्रान्सिस्को सिटिमा यसको साखाखोलिने र सोको व्यापक गृहकार्य भईरहेको जानकारी दिनु भयो।
त्यसै गरी सिटी अफ मिल्ब्रेमा कार्यरत अन्य केही व्य्वसायहरुले पनि अवार्ड जितेका छन। । यस बर्षको अवार्डबिजेतहरुमा बिजिनेस अफ त एअर- ग्रेस योग, च्याम्बर एक्सिलेन्स अवार्ड- पेनिन्सुएला चाइनिज बिजिनेस असोसियसन,एक्सिलेन्स इन टुरिज्म -मिल्वूड इन यन्ड सुइट्स, कम्युनिटी पार्ट्नरशिप अवार्ड- प्रोभिडेन्ट क्रेडिट युनियन, बिउटिफिकेसनअवार्ड-अर्कार्ड सुप्लाई तथा प्रेसिडेन्ट अवार्ड -द ज्वाई लाइफ क्लब  रहेका  छन।
नेपालीव्यवसायीको यो सफलता प्रती हार्दिक प्रशन्नता व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुको तर्फबाट सर्वोत्क्रिष्ट रेस्टुराँ अवार्ड बिजेता थर्ड आई रेस्टुराँका सन्चाल्क रोशन आधिकारी  र उहाँको समूहलाई हार्दिक बधाई ज्ञापन गरिन्छ।
Previous articleसंविधान संशोधन अमान्यः यादव
Next articleसंगीत मार्फत नेपालमा सहयोग, राजु लामा स्विट्जरल्याण्ड आउदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here