????????????????????????????????????

काठमाडौ, १३ माघ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयां शक्ति अभियानमा लागेका पासाङ शेर्पा, चैतन्य शुब्बासहितका आठ जना अध्यक्ष मण्डलका सदस्यहरुलाई सामाजिक लोकतान्त्रिक पार्टीले निष्कासन गरेको छ ।
पार्टीले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी दिएको हो । पार्टीबाट निस्कासित हुने अन्यहरुमा कमला हेमचुरी, दलमर्दन कामी, ज्योति दनुवार, विशन राई, मनप्रसाद सुनुवार र टिका प्रसाद गौचन रहेका छन ।
पार्टीको मर्यादा र प्रतिष्ठामा आंच पुर्याउने गंभिर काम गरेको भन्दै पार्टीको धारा ३८ को २ बमोजिम साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो ।
अध्यक्ष मण्डलका सदस्य कुमार राईले शेर्पासहित सम्पूर्ण पार्टी नयां शक्तिमा समाहित भएको भन्ने समाचारको खण्डन गर्दै सिंगो पार्टी नभई केही ब्यक्तिहरुमात्र नयां शक्तिमा गएकोले पार्टी आफ्नो उद्देश्यमा विचलित नभई अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
पत्रकार सम्मेलन भईरहंदा नयां शक्तिमा गएकाहरुका समर्थकले भने पार्टीको निर्णय अनुसार नै नेताहरुलाई नयां शक्तिमा गएको भन्दै निर्णय पुस्तिकाको फोटोकपी वितरण गरेका थिए । सो विषयलाई लिएर केही समय विवाद भएको थियो ।
आफूहरुको पत्रकारसम्मेलनमा घुसपैठ गरेर भांड्न खोजेको भन्दै पार्टीका निमा ग्याल्जेङ्ग शेर्पाले यसरी नै अरुको धारणा सार्वजनिक गर्न नदिने नीति लिने हो भने नयां शक्ति लोकतान्त्रिक नभई पञ्चायत जस्तै निरकुंश पार्टी बन्ने आरोप लगाए ।

Previous articleसंगीत मार्फत नेपालमा सहयोग, राजु लामा स्विट्जरल्याण्ड आउदै
Next articleकुनै पनि शक्तिले मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैनः पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here