१३ जनवरी २०१६, स्विटजरल्याण्ड। ल्होसार कार्यक्रममा सहभागि हुन स्विटजरल्याण्ड आएका एन. आर. एन. ए. का अभियन्ताहरु संग स्विटजरल्याण्डका संध-संस्थाका प्रतिनीधिहरु ले समसामयिक बिषय वस्तुमा अनौपचारीक अर्न्तक्रिया गरेका छन। ल्होसार कार्यक्रम पश्चात नेपाली जन सम्पर्क समिति स्विटजरल्याण्डका अध्यक्ष राम कुमार महतो, बेर्न समाजका अध्यक्ष बिष्णु थापा, ओ. एन. एफ. स्विटजरल्याण्डका संयोजक प्रविन थापा, एन. आर. एन. ए. स्विटजरल्याण्डका महासचिव भुमि गुरुङ र ईनास स्विटजरल्याण्डका उपाध्यक्ष टेम्बा गुरुङ एन. आर. एन. ए. का अभियन्ताहरु जीवा लामिछाने, कुमार पन्त र अर्जुन कुमार श्रेष्ठ लाई भेटन ९ जनवरी २०१६, मध्यरात होटल ला पेरगोला बेर्न पुगेका थिए। त्यसैगरी १० जनवरी २०१६ मा आईसिसि सदस्य विनय श्रेष्ठ, एन. आर. एन. ए. स्विटजरल्याण्डका प्रमुख सल्लाहकार पितम गुरुङ, अध्यक्ष हिराबल गुरुङ, सचिव फडिन्द्र पन्त,युवा संयोजक अर्जुन बस्ताकोटी र सदस्य गुणराज शर्मा ले माथि नाम उल्लेखित एन. आर. एन. ए. का अभियन्ताहरु संग अनौपचारीक एंव स्वतस्फुर्त रुपमा एन. आर. एन. ए. का समसामयिक विषयहरुमा गम्भिर र गहिरो छलफल का साथै विचारहरुको आदान प्रदान गरे।

Previous articleनेवाः पुचः दक्षिण कोरियाद्वारा २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण
Next articleस्विटजरल्याण्डमा एक भब्य कार्यक्रमका बीच सुभास सुन्दासको “उडन देउ” विमोचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here