गुणराज शर्मा, स्विटजरल्याण्ड।   स्विटजरल्याण्ड निवासी उदयीमान गायक एवं संगीतकार सुभाष सुन्दासको पहिलो एल्बम “उडन देउ” को तमु परिवार स्विजरल्याण्डले राजधानी बर्नमा आयोजना गरेको  लोसार कार्यक्रममा स्विटजरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक धिताल, गैर आवासिय नेपाली संधका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष श्री जीवा लामिछाने, उपाध्यक्ष श्री कुमार पन्त, सचिव श्री अर्जुन कुमार श्रेष्ठ संगै आईसिसि सदस्य श्री विनय श्रेष्ठ, भुतपूर्व आइसिसि सदस्य श्री पितम गुरुङले  एक भब्य कार्यक्रमका बीच विमोचन गर्नु भयो। सन्जु  गुरुङले  संचालन गर्नु भएको उक्त विमोचन कार्यक्रमा गायक सुभास सुन्दासले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो एल्वमका गीत प्रस्तुत गरेका थिए।

सोलुखुम्बुको लुक्लामा जन्मेर अहिले स्विटजरल्याण्डमा बस्दै आएका गायक सुभाष स्कुल पढ्दा उनको पाइलट बन्ने सपना भए पनि आज उनि एउटा गायकको रुपमा स्थापित हुन लागेका छन्। विदेशमा बसेर पनि यहाको व्यस्त समय संगै नेपाली गीत संगीतलाई संसार भरि चिनाउन लागेका उनीले पहिलो कोसेली  “उड्न देऊ” श्रोता  माझ ल्याएका छन्।

गैर  आवासीय नेपाली संघ स्विटजरल्याण्डका आईसिसि सदस्य बिनय श्रेष्ठले लेख्नु भएको दुई गीत सहित उनको एल्बममा माया हो, नक्कली, उड्न देउ, आधा गाग्रो, आमा, नाच्यो झिल्के, तिमि छौ गरि सात वटा  गीतहरु रहेका छन्। भिडियो सहित सार्वजनिक भएको छोटो समय मै “माया हो” बोलको गीत नेपाली दर्शकहरु माँझ लोकप्रिय बन्दै गएको छ भने स्विजरल्याण्डका नेपाली बिच चर्चित रहेका गायक सुन्दास डेनमार्क र जर्मनीमा आफ्नो  जोडदार प्रस्तुति गरेर त्यहाँका  नेपालीको मन जितिसकेका छन् भने युरोपका विभिन्न देशबाट कार्यक्रमका लागि कुराकानी भएको बताउदै  छिटै आफ्नो नया एल्वम संगै युरोप यात्रामा निस्कने सोच बनाएका छन्।

फोटो: नेपाल स्वीस डट कम

5 DSC_0231 3 6 DSC_0175

Previous articleस्विटजरल्याण्डका संध-संस्थाका प्रतिनिधिहरुको एन. आर. एन. ए. का अभियन्ताहरु संग अर्न्तक्रिया
Next articleएन. आर. एन. ए. स्विटजरल्याण्डको समावेशि मनोनयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here