नेवाः पुचः दक्षिण कोरियाले काठमाडौ जिल्ला कामनपा ३५ निवासी २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण गर्यो । दुबै मृगौलाले काम गर्न छोडेपछी हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलाइसिस गराई रहेको र  दुवै मृगौला प्रत्यारोपण गर्नको लागी रू तीन लाख पचास हजार देखी रू सात लाख सम्म लाग्ने हुँदा कमजोर आर्थिक अवस्थाका कारण मृगौला प्रत्यारोपणमा ढिलाई भईरहेको अवस्थालाई मध्ये नजरमा राख्दै दक्षिण कोरियामा अवस्थित नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष श्री कृष्ण मुश्यानको संयोजकत्वमा कोरियामा रकम संकलन अभियान चलाएका थिए । सो अभियानमा प्रत्यक्ष संलग्न रही करिब ५६जना सहयोगीहरुको सहयोगी हातहरुबाट करिब १ लाख ४०हजार नेपाली रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमलाई नेवाः पुचः नेपालका अध्यक्ष गुरुज्यु डा. नबिन बज्राचार्य तथा सचिब श्री श्याम महर्जन, समाजसेवी सुर्य मुश्यान, नेवाः पुचः दक्षिण कोरियाका उपाध्यक्ष श्री निर्मल महर्जन तथा सोहि संस्थाका सदस्य पुष्कर श्रेष्ठज्युले एक सानो कार्यक्रमका वीचमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गत २०७२ पौष २५ गतेका दिन हस्तान्तरण गरेका थिए । साथै नेवाः पुचः दक्षिण कोरिया तथा नेवाः पुचः नेपाल दुवै संस्थाले अम्बिका डंगोल सहयोग अभियानमा सहयोग गर्नु भएका सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।

12483318_1069107019786862_1982252348_o

Previous articleबेल्जियममा मनाईयो चालीसौ मेलमिलाप दिवश
Next articleस्विटजरल्याण्डका संध-संस्थाका प्रतिनिधिहरुको एन. आर. एन. ए. का अभियन्ताहरु संग अर्न्तक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here