सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रुपले पछाडी पारिएका उत्पीडित वर्गहरुको हकहित र नेपालको सामाजिक जातीय विभेद तथा सामाजिक कुसस्कर बिरुद्ध बुलन्द रुपले अवाज उठाउदै नेपालको जातीय आन्दोलनलाई प्रत्क्ष अप्रत्क्ष रुपमा सहयोग पुर्याउने उदेश्यले प्रबासी उत्पीडित नेपालीहरु  एक साथ  गोलबन्द भए यूरोपमा स्थापित  प्रबासी उत्पीडित बर्गहरुको  छाता संगठनको रुपमा रहेको  बिशुध्ध सामाजिक सस्था नेपाल उत्पीडित जातीय समाज ( NOPS  )  युरोपको  दोस्रो भेला युरोपको राजधानी मानिने देश बेल्जियममा हुन गइरहेको छ | उक्त भेलालाई सम्बोधन गर्न र  थप उर्जा प्रदान गर्नका निम्ति  नेपालको दलित आन्दोलनका अग्रज नेता एबम नेपाल सरकारका बाताबरण तथा जनसंख्या मन्त्रि माननीय विसेन्द्र पासवान  आगामी फ्रेबरीको पहिले हप्ता बेल्जियम आउदै हुनुहुन्छ |  सो भेलामा सहभागिताका लागि विभिन्न यूरोपियन देशबाट आउनुहुने प्रतिनिधिहरु साथै स्थानीय विभिन्न संघ सस्थाका प्रतिनिधिहरु     बुद्धिजिबी.समाजसेबीहरुको  स्वागत र भेलाको आवश्यक तयारी तिब्रताका साथ भई रहेको उत्पीडित समाज .युरोपका महासचिब   हरिश्चन्द्र नेपालीले जानकारी गराउनु भयो।

-हरीष नेपाली, बेल्जियम

Previous articleबेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपालीहरु समातिने क्रम बढदो
Next articleस्वीस महिलाको मालिमा अपहरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here