०५ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। यहि जनवरी ९ तारीखमा स्विट्जरल्याण्डको बेर्नमा तमु परिवार, स्विट्जरल्याण्डद्वारा आयोजित ल्होसार कार्यक्रममा  गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुमार पन्त र सचिव अर्जुन कुमार श्रेष्ठ  संगै प्रमुख संरक्षक जिवा लामिछाने पनि सहभागी हुने भएका छन।

नेपालस्विस डटकमलाई प्राप्त जानकारी अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भई सकेको र  एनआरएनका अभियान्ताहरुले ल्होसार कार्यक्रममा सरिक हुदै  स्विजरल्याण्ड निवासी  गायक सुभाष सुन्दासको पहिलो  एल्बम “उडन देउ” विमोचन  गर्ने कार्यक्रम रहेको छ।

उक्त  कार्यक्रममा गायक सुभाष सुन्दासको लाईभ कन्सर्ट सहित स्विट्जरल्याण्डका कलाकारहरु गौरी गुभाजु, नीता कपुर, शर्मिला मगर र बर्षा हायोजको आकर्षक प्रस्तुति संलग्न एक मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम ,स्वादिष्ट नेपाली खाजा र खानाका साथमा नेपाली डिस्को पनि रहेको छ। कार्यक्रममा सुभाष सुन्दासलाई गितारमा स्विट्जरल्याण्डबासी प्रतिभाशाली संगीतकार रामु परियारले साथ दिने छन्। संगीतकार परियार पोखराको ओभिराप्तोरस व्याण्डका लिड गितारिष्ट हुन्। उनले नेपालमा आयोजित विभिन्न लाइभ कन्सर्टमा लिड गितारिष्टको भूमिका निभाएका छन्। आयोजकहरुले कार्यक्रममा उपस्थित भई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरेका छन्।

Previous articleनेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनको लागि इनास डेनमार्कको सर्वेक्षण (भिडियो सहित)
Next articleक्याल्गरीको ल्होसारमा समाजसेवी राई सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here