ईनास डेनमार्कले नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार बिस्तारको लागि सर्वेक्षण सुरु गरेको छ। नेपाली गीत-संगीत, साहित्य र नेपाली सिनेमाहरुको अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने प्रमूख उद्देश्य सहित कार्यरत इनासले नेपाली चलचित्रहरुको बजार बिस्तार गर्न के कस्ता कदमहरु चाल्नुपर्छ भन्ने सन्दर्भमा दर्शकहरुबाट प्रतिक्रिया लिन शुरु गरेको हो।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) डेनमार्क राष्ट्रिय समितिले सुरु गरेको यस सर्वेक्षणलाई विश्वव्यापी रुपमा अघि बढाउने र दर्शक वा आम चलचित्रप्रेमीहरुको प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी दिनहरुमा चलचित्र प्रवर्द्धनको लागि कदम चाल्न ग्लोबल कमिटि र ग्लोबल कमिटी अन्तर्गत रहेको नेपाली चलचित्र प्रवर्द्धन विशेष समितिलाई समेत जानकारी गराउने लक्ष्य ईनास डेनमार्कले लिएको छ। नेपाली चलचित्रको बजार सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय रुपमा विकसित गर्नुपर्ने आवाज उठिरहेको बेला भएको यस अध्ययन तथा अनुसन्धानबाट नेपाली चलचित्रहरुको प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बिश्वास गरिएको छ।

Previous articleनेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सव समारोहको निमन्त्रणा प्रकाशित
Next articleएन. आर. एन. ए. का प्रमुख संरक्षक जिवा लामिछाने ल्होसार कार्यक्रममा सहभागी हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here