०३ जनवरी २०१६, स्विट्जरल्याण्ड। आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु, विभिन्न संस्थाका प्रतिनिधी ज्यूहरु, पत्रकार मित्रहरु,

नेपाल स्वीस डट कम स्विट्जरल्याण्डबाट संचालित एक ईन्टरनेट संचार माध्यम हो। नेपाली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारीता क्षेत्रको प्रवर्धनमा सहयोगी बन्दै नेपाली डायस्पोराका कृयाकलापहरु लाई प्रस्तुत गर्ने चौतारी प्रदान गर्ने उदेश्यले नेपाल स्वीस डट कमको स्थापना सन् २०१०, जनवरीमा भएको हो। सन् २०१६, जनवरीमा यसले आफ्नो छैठौं बर्ष पुरा गर्दैछ। हामीले सधै नेपाली डायस्पोराको एक सच्चा साझेदारको रुपमा उभिने प्रयास गरेका छौं। सत्यता, तथ्यपरक रिपोर्टिङ, संवेदनशिल सोंच र विविध विचारहरुको सम्मान हाम्रा निर्देशक सिद्धान्त रहेका छन्। हामी विभिन्न संघ-संस्था र व्यक्तित्वहरुलाई नेपाल स्वीस डट् कमलाई निरन्तर प्रदान गर्नु भएको निस्वार्थ एवं निसर्त सहयोगका लागि कृतज्ञता ज्ञापन गर्दछौ।

नेपाल स्वीस डट् कमको छैठौं बर्ष जयन्तीको अवसरमा एक छैठौं बार्षिकोत्सव समारोह आयोजना गर्ने निर्णय गरिएको छ। समारोहमा एक औपचारिक कार्यक्रम, एक नेपाली मनोरञ्जनात्मक सांस्कृतिक सांझ, युरोप र स्विट्जरल्याण्डका विभिन्न व्यक्तित्वहरु लाई सम्मान कार्यक्रमको आयोजना गरिने छ। साथै नेपाली खाना र खाजाको ब्यवस्था गरिने छ।

हामी तपाईलाई नेपाल स्वीस डट् कम छैठौं बार्षिकोत्सव समारोहमा हार्दिक निमन्त्रणा गर्न चाहन्छौं। तपाईको उपस्थितिले कार्यक्रमको शोभा बढाउने छ।

कार्यक्रम स्थान: Stadthofsaal, Theaterstrasse 1, 8610 Uster, स्विट्जरल्याण्ड

कार्यक्रम समय/मिती: १५.०० बाट २२.०० बजेसम्म, २० फेब्रुवरी २०१६

स्वागतापेक्षी,

नेपाल स्वीस डट् कम परिवार

Previous articleईनास डेनमार्कद्वारा चलचित्र कबड्डी कबड्डीको भव्य प्रदर्शन
Next articleनेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनको लागि इनास डेनमार्कको सर्वेक्षण (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here