हुन त मैले हिन्दु धर्मको अपमान गर्न खोजेको होइन तर पुरातत्त्व काल देखि धर्मको नाममा हुने कलंकहरुको बयान गर्नु जरुरी ठान्दिन, ताजा उदाहरण हलै सम्मानिय राष्ट्रपतिको रामजानकी मन्दिरमा पुजा प्रार्थनाको लागि भ्रमण गरि फर्कि सके पछि व्यवस्थापन पक्षले एकल नारी वा अपमानित शब्दमा वि………..ले मन्दिरमा टेके पछि अपवित्रा हुने कलंक को नाममा राष्ट्रको सम्मानिय एवं गरिमामय पद एवं नारीहरुको स्वतन्त्रता माथि गरिएका तुच्छ, घृणित, निच र अपमान शैलीको जति विरोध गरे पनि पुग्दैन।

हरेक व्यक्तिको धार्मिक स्वतन्त्रताको सम्मान गर्छु गरिरहने छु तर धर्मको नाममा हुने कलंक, अन्याय, अत्याचार, विभेद र अपमान भने कदपी सहाना सकिन्न र स्विकार्य पनि हुदैन।

आदरणीय व्यवस्थापन समिति रामजानकी मन्दिर परिसर, राष्ट्रपति जस्तो गरिमामय पदमा असिन नारीको अपमान गर्ने तपाईंहरू बाट सर्वसाधारण एवं एकल नारी भक्तजनहरुले के अपेक्षा गर्ने? सक्नु हुन्छ सबै भक्तजनहरुको समान सम्मान गर सक्नु हुन्न त तपाईंहरूको पवित्रा जल गंगाजलले नुहाएर काशी प्रस्थान गर।

धन्यवाद 

कृष्ण गुरुङ 

Previous articleस्पेनकी सुन्दरीले जितिन मिस वर्ल्ड २०१५
Next articleविश्व हात्ती पोलो प्रतियोगिता २०१५, नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here