१२ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको संसदले कार्यकाल २०१६ – २०१९ का लागि सात सदस्य मन्त्री परिषद यहि ९ डिसेम्बर २०१५ मा निर्वाचित गरेको छ। सात सदस्यहरु मध्ये ६ जना निवर्तमान मन्त्री परिषदका सदस्यहरु नै पुन निर्वाचित भएका छन्। बि. डि. पी. पार्टीकी मन्त्री परिषद सदस्य एभलीन विदमर शुल्मफले पुन निर्वाचनका लागि आफ्नो उम्मेद्वारी नदिने घोषणा गरे पछि उक्त रिक्त पदमा एस. भि. पी. पार्टीले ३ जना उम्मेद्वारहरु खडा गरेको थियो। ति ३ जना उम्मेद्वारहरु बाट गे पारमेलिन बिजयी भएका छन्। एस. भि. पि. पार्टीका जनक मानिने कृष्टोफ ब्लोखरका नजिक भनिएका उम्मेद्वार थोमस एसीको पराजय लाई स्विट्जरल्याण्डको राजनीतिक बृतमा अर्थ पूर्ण रुपमा हेरिएको छ। पार्मेलीनको निर्वाचन संगै स्विट्जरल्याण्डको संघीय मन्त्री परिषदमा २ जना एस. पि. पार्टीका, २ जना एफ. डि. पी. पार्टीका, २ जना एस. भि. पि. पार्टीका र एक जना सि. भि. पी. पार्टीका मन्त्रीहरु निर्वाचित भएका छन्। उक्त निर्वाचनमा निर्वाचित भएकाहरुले प्राप्त गरेको मत संख्या तालिका तल प्रस्तुत गरिएको छ।

तालिका स्रोत: NZZ.ch
तालिका स्रोत: NZZ.ch
Previous articleसपिला राजभण्डारी संगको अर्न्तवार्ता
Next articleअन्तर्राष्ट्रिय नेपाली कलाकार समाज सिक्किममा पनि गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here