०४ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको जेनेभा स्थित संयुक्त राष्ट्र संघ कार्यलय अगाडी बिरोध प्रदर्शन गर्ने भएको छ। उक्त बिरोध प्रदर्शन कार्यक्रम विहिबार दिनको २:३० बजे संयुक्त राष्ट्र संघको भवन अगाडी सुरु गर्ने भएको छ।

संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी हुने बैठकमा भाग लिन नेपालका परराष्ट्रमन्त्री कमल थापा स्विट्जरल्याण्ड आई पुगेका छन्।

बेर्नमा गरेको बिरोध प्रदर्शनको भिडियो

भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्ड, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड र प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डको संयुक्त आयोजनामा स्विट्जरल्याण्डबासि नेपालीहरुले २८ सेप्टेम्बर २०१५ मा बिरोध प्रदर्शन गर्दै बेर्न स्थित भारतीय दुतावासमा ज्ञापन पत्र बुझाएका थिए।

Previous articleने.ज.स. स्विट्जरल्याण्डको बार्षिक साधारण सभा सम्पन्न। कृष्ण गुरूङलाई कोषाध्यक्षमा फिर्ता
Next articleपरराष्ट्र मन्त्री कमल थापाले अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्मकै कडा अभिव्यक्ति यसरी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here