३ नोभेम्बर २०१५, बेर्न। नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको बार्षिक साधारण सभा यहि नोभेम्वर १ तारीख आईतवारका दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न भएको छ।
समितिका अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभा संस्थाका विगतका कार्यहरुको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुरामा केन्द्रित रहेको थियो।
उक्त साधारण सभामा वार्षिक आय व्यय विवरण कोषाध्यक्ष कृष्ण गुरुङले प्रस्तुत गरेका थिए। उक्त विवरण सर्व सम्मतिले पारित गर्यो। त्यसै गरी साधारण सभाले समितिलाई अझै ससक्त बनाउदै अगाडी बढ्ने निर्णय गर्दै एन. आर. एन. निर्वाचनमा सहभागी हुदा राजिनामा दिएका कृष्ण गुरूङलाई संस्थामा उहाँको आवश्यकता महसुस गर्दै पुन कोषाध्यक्षमा फिर्ता बोलाउने र खालि रहेको सह-महामन्त्री पदमा सरोज घिमिरेलाई मनोनयन गर्ने निर्णय गरेको छ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गुणराज शर्माको पनि उपस्थिति रहयो। यसै क्रममा शर्माले संस्थाको बिकासक्रमा बिषेश ध्यानाकर्षण गराउदै संस्था व्यक्तिगत नभई संस्थागतरुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए। उपाध्यक्ष श्याम सापकोटा, बिष्णु थापा र नारायण कंडेल लगाएत संस्थाका बिभिन्न पदाधिकारीहरुले कार्यक्रममा आ-आफ्ना बिचार व्यक्त गरेका थिए।
संस्थाले आफ्नो स्थापना कालदेखि मनाउदै आएको लक्ष्मी जयन्ति एवं तिहार कार्यक्रम यस पटक पनि भब्य रुपमा मनाउने निर्णय गर्दै अध्यक्ष राम महतोको नेतृत्वमा समितिका पदाधिकारी र अन्यव्यक्तित्वहरु लाई विभिन्न जिम्मेवारी दिदै यहि आउने नोवेम्बर २१ तारिखका दिन जुरीखमा उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष महतोले कार्यक्रम सम्वन्धि सम्पूर्ण जानकारी छिट्टै प्रकाशित गरिने बताएका छन्।

Previous articleचेक रिपब्लिकमा पनि अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) गठन
Next articleभारतीय हस्तक्षेप बिरुद्ध जेनेभामा बिरोध प्रदर्शन गर्ने। बेर्नमा गरेको बिरोध प्रदर्शनको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here