अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को शाखा चेक रिपब्लिकमा पनि गठन भएको छ। विश्वव्यापीरुपमा विस्तार हुने क्रममा रहेको नेपाली कलाकार, साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुको विश्वव्यापी संगठन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) चेक रिपब्लिकमा समेत गठनको लागि परेको आवेदनलाई यस समितिमा रहन छुट भएका र इनासमा बसेर काम गर्न इच्छुक कलाकार र साहित्यकारहरुलाई समेट्दै जाने गरि  ग्लोबल कमिटिले अनुमोदन गरेपछि यस संस्थाको सन्ताउन्नौ शाखाको रुपमा  इनास चेक रिपब्लिक विधिवत रुपमा स्थापित भएको हो। 

श्री किशोर रायमाझी अध्यक्षतामा गठन भएको इनास चेक रिपब्लिकबाट ग्लोबल कमिटिलागि प्रतिनिधिमा बैकुण्ठ रायमाझी तोकिएका छन् ।  त्यस्तै समितिको अरु पदाधिकारीहरुमा सरु सापकोटा पाण्डे उपाध्यक्ष, राजु बोहोरा महासचिव, श्री सुस्मिता रायमाझी सचिब र सरुना शाक्य कोषाध्यक्ष रहेका छन भने छ भने कार्यकारी सदस्यहरुमा डिलु भुषाल, भिम कार्की, सन्तोष रायमाझी, किरण रायमाझी, करण बोहोरा, लक्ष्मी अर्याल, रोम अधिकारी र लोकनाथ अर्याल रहनुभएको छ।  कार्यसमितिको संरक्षकमा भने पाण्डव अधिकारी र संजय अधिकारीलाई चयन गरेको छ भने सल्लाहाकारमा जितेन्द्र रायमाझी, छत्र अधिकारी र अर्जुन सापकोटालाई चुनेको छ।  

करिब तीन बर्ष पहिले मात्रै स्थापना भएको यस संस्थाले छोटो समयमै विश्वभरि आफ्नो संजाल बिस्तार गरिसकेको छ। संसार भरिका नेपाली कलाकार साहित्यकार र कला, साहित्य प्रेमीहरुलाई समेटेर स्थापना भएको इनासले नेपाली गीत संगीत, साहित्य र चलचित्र क्षेत्रको बिकासको काम गर्दै आएको छ।  हालै मात्रै ऐतिहासिक रुपमा नेपालमा इनास अवार्ड सम्पन्न गरेको यो संस्थाले आगामी चौथो इनास अवार्ड अस्ट्रेलियामा गर्ने घोषणा गरिसकेको छ भने यसपटक देखि महादेशस्तरमा गायन प्रतियोगिता समेत संचालन गर्ने घोषणा गरेको छ।

Previous articleएमाओवादी नेता नन्दकिशोर पुन उपराष्ट्रपतिमा विजयी
Next articleने.ज.स. स्विट्जरल्याण्डको बार्षिक साधारण सभा सम्पन्न। कृष्ण गुरूङलाई कोषाध्यक्षमा फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here