गैरआवासीय नेपाली संघ, बेल्जियमको अध्यक्ष पदमा गंगाधर गौतम बिजयी भएका छन्।
मत परिणामअनुसार गौतमले ८३६ मत प्राप्त गरेर बिजयी भएको हो।

उपाध्यक्ष पदमा पदम गुरुङ र महिला उपाध्यक्षमा यसोदा सुवेदी बिजयी भएका छन्। यसैगरी महासचिवमा लोक दाहाल, सचिवमा गोविन्दसिंह अधिकारी र राकेश कर्माचार्य, कोषाध्यक्षमा आङमाया लामा, सहकोषाध्यक्षमा हरिकुमार पाठक बिजयी भएका छन्।

महिला संयोजकमा निर्मला बजगाईं तथा सदस्यहरुमा राजु केसी, भिम सुवेदी, पूर्ण तिमिल्सीना, किरण शर्मा, सागर सुब्बा होम गुरुङ, अहमद दिन मिया, रेना बस्नेत, कल्पना मगर, सावित्री गिरी, मुना ताम्राकार र सुमित्रा गुरुङ निर्वाचित भए। आईसीसी सदस्यमा चीजकुमार श्रेष्ठ र नेत्रबहादुर मगर बिजयी भएको एनआरएन बेल्जियम निर्वाचन समितिले जनाएको छ ।

Previous articleअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरको गठन
Next articleबुझ-बुझारथ तथा बिदाई ” कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here