डेनमार्कमा शशि कुमार ढकालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरको गठन भएको छ। 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज युरोपको  सम्मेलनमा भाग लिन बेल्जियम आउनु भएका अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार तथा बिधान संशोधन समितिका संयोजक बरिष्ठ समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलको डेनमार्क भ्रमण का अवसर पारेर उहाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित साहित्यप्रेमी हरुको भेलाले ७ सदस्य  रहेको कार्य समिति सर्बसम्मत चयन गरेको छ।

कार्यसमितिका अन्य सदस्यहरुमा  उपाध्यक्षमा नारायण नगरकोटी , महासचिवमा रमेश घिमिरे , कोषाध्यक्षमा संगीता भण्डारी  र सदस्यहरुमा बिद्या त्रिपाठी , निरज सिलवाल ,पंकज चन्द रहेका छन्। 

सो अबसरमा बोल्दै प्रा. डा. लुइटेलले नेपाली कृति बिश्व साहित्यमा चिनाउन विदेशमा बस्ने नेपाली हरुको ठुलो हात रहेको बताउदै  अब प्रबासी नेपाली हरुले साहित्य सिर्जनाबाट समेत आफ्नो पहिचान बनाउन पर्ने उल्लेख गर्नु भयो। उहाले प्रबासमा रहेकाहरुले अब नेपाली साहित्यमा कलम चलाउनु पर्ने बताउदै फुर्सदको समयमा लेखिएका साहित्यहरु एकअर्का बीच सुनाउन आग्रह गर्दै लेखन संस्कृतीको विकास गर्न आग्रह गर्नु भयो। 

सो अबसरमा अनेसास डेनमार्कले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणको लागि आगामी दिनमा विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय समेत गरेको छ।

कार्यक्रममा   अनेसास डेनमार्कका तर्फ बाट प्रा.डा. खगेन्द्र प्रसाद लुइटेललाइ खादा दिइ सम्मान ब्यक्त गरिएको

 थियो। भने  प्रा. लुइटेलले डेनमार्कमा  भएको नेपाली खुला पुस्तकालयको प्रसंशा गर्दै उहाले आफुले लेखेका केही पुस्तकहरु समेत पुस्तकालय लाई हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित ब्यक्तिहरुबाट कविता बाचन समेत गरिएको थियो। 

Previous articleपूर्वका नौ जिल्ला बन्द
Next articleगंगाधर गौतम एनआरएन बेल्जियमको अध्यक्षमा बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here