ग़ैर आवासिया नेपाली संघ राष्ट्रीय समन्वय परिषद Switzerland को चौथो महाधिवेशन सफलता पूर्वक सम्पन्न भई २०१५-२०१७ कार्यकालको लागि नयॉ कार्यसमिती चयन गर्न हालै सम्पन्न भएको निर्वाचन सफल पार्न सघाउनु हुने सम्पूर्णमा
निर्वाचन समिती हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। यस सफलताको श्रेय सर्बप्रथम मतदान स्थलमा उपस्थित भई आफ्नो अमुल्य मत प्रयोग गर्ने सम्पूर्ण मतदाताहरु, उम्मेदवारी दिई समाज सेवामा आफ्नो अमूल्य समय प्रदान गर्न ईच्छुक मनकारी उम्मेदवारहरु, हरेक सूचना द्रूतगतिमा सम्प्रेषण गर्ने बिभिन्न संचार कर्मीहरु, निर्वाचन पर्यवेक्षकज्यू, लगायत निबर्तमान कार्य समितीका साथीहरुमा जान्छ। तपाईंहरुमा रहेको हामी प्रतिको बिश्वासलाई उच्च स्थान राखी कॉधमा आएको जिम्मेवारी पूरा गर्न कटिवद्द थियौं र पूरा गर्यौं पनि। आउन सक्ने नयॉ बिवादका बिषयहरुलाई चिर्दै अत्यन्त छोटो समयमा निर्वाचन सम्पन्न गराउनु पर्ने कार्य ब्यवहारिक रुपमा निकै नै चुनैतीपूर्ण थियो। त्यसैले केहि कमजोरी वा त्रुटी अवश्य भएका होलान्। यसका लागि निर्वाचन समिती क्षमा प्रार्थी छ। निर्वाचन समिती बिजयी उम्मेदवारहरुलाई आगामी कार्यकालको कार्य सफलताको कामना अनि हार्दिक बधाई ज्ञापन गर्दछ। धन्यबाद।

निर्वाचन समिती

Previous articleप्रबासी नेपाली एकता समाज नेदरल्यान्ड्स – धन्यबाद ज्ञापन
Next articleदल दाईको पोस्टर स्विजरल्याण्डको जुरिच रेल स्टेसनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here