सुखमा होस् वा दुखमा , नेपाली का लागी नेपाली नै चाहिन्छ। समाज भनेको एउटै रंगमा फुलेको भन्दा बिभितता मा फुलेको सुन्दर र सुगन्धित हुन्छ भन्ने तथ्य लाइ आत्मसाथ हामी सबैले गरेका छौ। नेपाली समाज नेदरल्यान्ड्स विभिन्न आकार, रंग, जाती, भाषा, संस्किर्ती, र राजनीतिक आस्थामा बिभाजीत भएतापनि सबैभन्दा पहिला हामी- नेपाली हौ। छरिएर रहेको नेपाली समाज नेदरल्यान्ड्स लाई एकताबद्ध गर्नु हामी सबैको पहिलो र प्राथमिक सामाजीक दायित्तो सम्झेर, प्रबासी नेपाली एकता समाज नेदरल्यान्ड्स द्वारा हिजो, westerpark, एम्स्टर्डम मा आयोजना गरिएको BBQ कार्येक्रम मा आफ्नो महत्तोपुर्ण ऊपस्थित जनाई दिनु भएकोमा, हामीले आफुलाई भाग्येमानी (Beginner’s Luck ) सम्झेका छौ। 

एसरी नै, आउदा दिनहरुमा यहाहरूको साथ्, हात र आशिर्बाद मिल्दै जाने हो भने, हामी अझै राम्रा, आत्मीयता र प्रेम ले भरिपूर्ण , तथा सामाजीक कार्येकम हरू लिएर आउने छौ। फेरी पनि, हिजो आयोजना गरीएको BBQ party लाइ ऐतिहासिक रूपमा सफल पारिदिनु भएकोमा हृदय देखी नै धन्यबाद टक्र्याउन चाहन्छौ। हामी उपस्थित श्रद्दय महानुभाब हरू लाइ नमन गर्न चाहन्छौ। साथमा, रसिलो र स्वादिस्ट परिकार हरू पस्किनु हुने, बरिस्ट र अनुभबी chef हरु ; श्री आशिष राजभन्डारी ज्यु तथा रितेश श्रेष्ठ ज्यु प्रति हार्दिक धन्यबाद।

प्राथी, 
अध्यक्ष: बिक्रम बानियाँ तथा
प्रबासी नेपाली एकता समाज नेदरल्यान्ड्स परिवार ।

Previous articleएन.आर.एन.ए. स्विट्जरल्याण्डमा विनय श्रेष्ठ र हिरा गुरुङ बिजयी
Next articleनिर्वाचन समितिको हार्दिक कृतज्ञता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here