जुरिच निवासी दल बहादुर पुन यहाको नेपाली समाजमा चिरपरिचित नाम हो। उनिले बनाएको खाना र उनको हातको स्वाद नखाने र नलिने सायद स्विजरल्याण्डमा कमै नेपाली होलान। सधै शान्त सभ्य उनि यहा व्यक्तिगत वा संघ सस्थाले आयोजना गर्ने नेपाली कार्यक्रममा भान्साका लागि पहिलो रोजाई हुन् तर पनि उनि यहा रहेका नेपाली मिडियामा देखिदैनन चुपचाप कार्यक्रम हुने दिन बिहानै हलमा छिर्छन अनि साझ सबैलाई आफ्नो हातको स्वाद चखाउदै सबैलाई खुशी बनाउदै बाहिरिन्छन। हुनत मिडियामा आउने उनको रुचि पनि होईन कति पटक म आफैले अन्तर्वार्ता लिन खोज्दा भो भाई म संग होईन अरु संग लिनु न भनेर तर्किएकाछन तिनै दल बहादुर पुनको तस्विर स्विजरल्याण्ड कै व्यस्त रेल स्टेसन जुरिचमा झुण्डाईएको छ।
नेपाल भन्दा लगभग साढे तिन गुणा सानो देश स्विजरल्याण्डमा संसारका लगभग १९५ देशका नागरिक बस्ने गर्दछन। स्विजरल्याण्डको switzers भन्ने संस्थाले तिनै देशका यहा बस्ने नागरिक मध्ये एक जनालाइ छानेर पोस्टर तयार गरि जुरिच रेल स्टेसनमा झुण्डाईएको छ अहिले सम्म लगभग १९० देशका नागरिकको पोस्टर देख्न सकिन्छ तिनै पोस्टर भित्र एक पोस्टरमा भेटिन्छन दल दाई। गत सनिवार जुरिच रेल स्टेसन पुग्दा पोस्टर हेर्न जादै गर्दा म सगै साथमा रहेका भाई लोकेन राना भन्दै थिए “पोस्टर तयार गर्ने सस्थाले पनि सहि मान्छे चुनेछ जो मिडियामा आउन नै रुचाउदैनन्।”
यदि जुरिच रेल स्टेसन तिर जादै हुनुहुन्छ भने ३ (तिन ) नम्वर प्लेटफर्म ( गलाईस ) पुग्नु भयो दल दाईको पोस्टर देख्न सक्नु हुने छ।

-साभार गुणराज शर्माको फेसबुकबाट

Previous articleनिर्वाचन समितिको हार्दिक कृतज्ञता
Next articleवायुसेवा निगमका १४८ पदमा २८ हजारको भिडन्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here