बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमले गत आईतबारका दिन बेल्जियमको आन्त्रोपेनमा अवस्थित नेशनल होटलको सभाहलमा बेल्जियममा बैधानिक तथा कागजी प्रकृयामा रहेका नेपालीहरुको बारेमा बेल्जियम संसद सदस्य तथा नेचुरलाईजेशन बिभाग की नहिमा लान्जरी संग एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

गैर आवासीय नेपाली संघ प्रेम गुरुंङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैर आवासीय नेपालीहरुको तर्फ बाट अध्यक्ष गुरुङले स्वागत गर्दै  बेल्जियममा नेपालीहरुको गतिविधि बारेमा अवगत गराएका थिए ।   उपस्थिति नेपालीहरुको तर्फ बाट बालेन्द्र गुरुङले बेल्जियममा रहेका नेपालीहरुक मेहनेती, काममा ईमान्दार, र व्यवसाय क्षेत्रमा पनि प्रवेश गरि बेल्जियम सरकारको नियम अनुसार अनुसासन रही  कर तिरी आफ्नो व्यवसाय बाट बेल्जियम सरकार लाई फाइदा पुर्र्याएको, हाल सम्म कुनै पनि गैर कानुनि कार्यमा संलग्न नरहेको, सदैव मेहनेती कामदारको रुपमा रहेको बताएका थिए ।

बैधानिक तथा कागजी प्रकृयामा रहेका नेपाली हरुको लागी हालै अमेरिका क्यानाडा ले अपनाए जस्तै नेपालको प्राकृतिक बिपत्ति  अन्तर्गत आपतकालीन अस्थाई बसाई प्रक्रियाको बारेमा समेत प्रश्न गरिएको थियो र हालै नेपालमा प्राकृतिक प्रकोप अन्तर्गत गएको  समस्या को अन्तर्ग नेपाली समस्याका बारेमा अवगत गराउदै  लिखित बिज्ञप्ति बुझाईएको  थियो ।

कार्यक्रमा प्रमुख अतिथि रुपमा रहेकी नहिमा लान्जरीले बेल्जियममा शरणार्थी प्रकिया, परिवार पुनर्मिलन प्रक्रिया, बिध्यार्थी, कामदार हरुको बारेमा छुट्टाछुट्टै प्रकिया रहेको तिनीहरुको बारेमा आ-आफ्नै प्राबधान नीति नियम रहेको र सबै नियमको बारेमा बिस्तृत रुपमा समेत उल्लेख गरेकी थिईन। साथै रेगुलाईजेशन प्रकृया अन्तर्गत प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत रुपबाट रेजुलाईजेशन को लागी निवेदन दिन सक्ने र  परिणाम पनि व्यक्तिगत रुपबाट नै फैसला हुने गरेको बताएकी थिईन । कार्यक्रममा बेल्जियममा बैधानिकताको बारेमा प्रमुख अथिति समक्ष उपस्थिति महानुभावहरुले राखेको जिज्ञाशा गैर आवासीय नेपाली संघ बेल्जियमकी महिला समिति सदस्य लीला शर्माले भाषागत रुपमा रुपान्तर गर्दै प्रत्येक जिज्ञाशाको बारेमा बाताइएको थियो । उक्त कार्यक्रममा बेल्जियममा रहेका बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगाएत सम्वधित महानुभावहरुको उल्ल्खीय उपस्थिति रहेको थियो ।

11739737_10206809348849544_26983390_n

Previous articleनेपालीनेपाली डटकमको, भब्य समारोह बीच पहिलो बार्षिकोत्सव सम्पन्न
Next articleस्विट्जरल्याण्ड निवासी दृष्टिविहिन सुदिपको स्वरमा नाई “नाई न भन्नु ल” चलचित्रको गीत “मान्छे नमर्ने शहर हुदैन”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here