बार्सिलोना/ “सबै नेपालीहरुको खबर”नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव सफलताका साथ बार्सिलोनामा सम्पन्न गरेको छ।  ‘शोकलाई शक्तिमा बदलौ देश दुखेको बेला एक पटक गाँउ फर्कौ ‘ भन्ने अभियानका कार्यक्रम सम्पन्न भएको हो।

देशमा पुर्ननिमाणको खाँचो रहेको बताउँदै,युवाहरुलाई केहि महिना वा हप्ताको लागि भए पनि गाँउ फर्कौ,छाप्रा र टहरा बनाउँ भन्ने सन्देश प्रबाह गरिएको थियो। कार्यक्रममा स्पेन स्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै मिडियाको यो अभियानमा आफ्नो पूर्ण साथ रहेको बताएका छन्। श्रेष्ठले स्पेनको नेपाली समुदाय सामजिक कार्यको लागि धेरै अगाडि रहेको बताउँदै एनआरएन र संघ सँस्था बीचको आपसी समन्वय र एकता सधैँ रहोस् भन्दै शुभकामाना समेत ब्यक्त गरे।

कार्यक्रममा स्पेनका लागि नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस र गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सल्लाहकार पुष्प राज तिमिल्सिना बिशेष अतिथिको रुपमा बोल्दै मिडियालाई शुभकामाना ब्यक्त गरे।

बर्ष व्यक्तित्वबाट गिरी र लोप्चन सम्मानित

नेपालीनेपाली डटकमले आफ्नो बार्षिकोत्सवमा हरेक बर्ष प्रदान गर्ने बर्ष व्यक्तित्व सम्मानबाट गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एकराज गिरी र कलाकार अजय लोप्चन सम्मानित भएका छन्।

समाजिक र कलाकारिता क्षेत्रबाट नेपाली समुदायलाई पुर्याएको योगदानको कदर गर्दै क्रमश: गिरी र लोप्चनलाई सम्मान गरिएको हो। सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै दुवै जनाले आगामी दिनमा अझ सक्रियता साथ लाग्न प्रेरेणा मिलेको बताएका छन्।

नेपालीनेपाली डटकमले दुवै जनाको जीवनी सहित गरेका कामहरुको चर्चा गर्दै भिडियो तयार गरेको थियो। बार्षिकोत्सव समारोहबाट नै पहिलो पटक सो भिडियो सार्बजनिक गर्दै सम्मानित व्यक्तित्वहरुको परिचय दिदाँ दर्शक दिर्घाबाट हुटिंग र ताली बजाउँदै समर्थन जनाए । व्यक्तित्व छनोट उपसमितिका संयोजक गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य दीपक खरेल रहेका थिए।

एक पटक गाँउ फर्कौ अभियान

नेपालीनेपाली डटकमले बिनाशकारी भूकम्प जानु अगाडि,गए पछि र प्रबासका नेपालीहरुले अब गर्नु पर्ने दायित्वलाई समेटेर बिशेष भिडियो प्रदर्शन गर्यो। भिडियोमा समाबेश भएका दृश्यले सबैलाई भाबुक बनायो। कतिले मन थाम्न सकेनन् आँशु बगाए।

तर भिडियोको अन्त्यमा अब देश निर्माणमा जुटौ,परिबर्तन अरुले गरेर हैन,आँफैले गरे मात्र सम्भव छ भन्ने सन्देशलाई स्पेनबासी नेपालीहरुले अर्थ पूर्ण रुपमा हेरेका छन्। भिडियो प्रर्दशन लगत्तै एक मिनेट भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना गर्दै मौनधारण गरेका थिए।

उक्त भिडियोलाई नेपालीनेपाली डटकमले, अफिसियल फेसबुकबाट पनि सार्बजनिक गर्ने भएको छ।

११६ पटक नेपाल पुगेका बेल्बिसको गुनासो

बिगत ३० बर्ष देखि स्पेनका लागि नेपाली अबैतानिक बाणिज्य दूतको रुपमा कार्यरत लुईस बेल्बिसको जीवनीलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो। थुप्रै देशका पर्यटकहरुलाई नेपाल भित्राउँन सहयोग गरेका बेल्बिसका पुराना तस्बिरहरु समेत सार्बजनिक गरियो।उनको बारेमा तयार गरिएको भिडियोमा नेपाली समुदायलाई बेल्बिसले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल पुग्दाका पलहरुलाई यादकार बनाईएको थियो।

१सय १६ पटक नेपाल पुगीसेका बेल्बिसले नेपाल सरकार समक्ष गुनासो रहेको छ। ३० बर्ष देखि नेपालीहरुको हितमा काम गर्दै आएका बेल्बिसले जीवन उतारार्थमा नेपालमा बस्ने ईच्छा ब्यक्त गरेका छन्।

एक सामान्य पर्यटक र उनीमा सरकारले कुनै अन्तर नदेखेकोमा उनको गुनासो हो।बेल्बिसको जीवनी देखाईए पछि उनलाई स्पेनबासी नेपालीहरुले उठेर सम्मान ब्यक्त गरे।  अबिर र खादा लगाई बेल्बिसलाई सम्मान गरिएको थियो।

उनि भन्छन् नेपाल मेरो दोस्रो घर हो जति चाहे उतिनै बस्ने पाउँ। नेपालमा रहनको लागि बिदेशीको हकमा नेपाल सरकारले एक पटकमा ५ महिना सम्म भिसा प्रदान गर्दै आएको छ। 

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती

बार्षिकोत्सव कार्यक्रममा स्थानीय कलाकारहरुले बेजोड साँगितिक प्रस्तुति राखे। कहिँले भूकम्प सम्बधि गीतहरुले भाबुकता बनेका दर्शकहरु रमाईला गीतहरु प्रस्तुत हुने बित्तिकै कम्मर मर्काउन पनि पछि परेनन्।

कलाकारहरुले स्पेनमा भुइँचालो गीतिनाटक प्रस्तूत गर्दै देखावटी राहत बितरण,रकम संकलन बारे ब्यङ्ग गरेका थिए। डिक कार्की,अजय लोप्चन,बिनोद कटुवाल,पेम्बा छोटी गोले शेर्पा, तुलसी शिवाकोटी,सुमित्रा घिमिरे सापकोटा, नरेश कार्की,साङ्गे थिलेन शेर्पा,समी गुरुङ,बिष्णु रानाभाट,सुस्मिता गिरी दिव्या भण्डारी सोनिया खत्री, करुणा लामिछाने,अस्मिता लामिछाने,रेश्मी गुरुङ्,कृशला ढकाल,संगिता कार्की लगायतले गीत तथा नृत्य प्रस्तुत गरे। साथै नेपाली बालबालिकाहरु हिमाल,तराई पहाड लेखेका प्ले कार्ड र नेपाली झण्डा हातमा लिदै राष्ट्रिय गानमा सहभागी बने।

देश विदेशबाट शुभकामना

पहिलो बार्षिकोत्सवका लागि कलाकार,पत्रकार,बिद्यार्थी,राजनीतिक कर्मी लगायत देश विदेशबाट भिडियो शुभकामाना पठाएका थिए।

महानायक राजेश हमाल,नायक राजबल्लभ कोईराला,गायक हिमाल सागार,नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्ट,पुर्व बिज्ञान तथा प्रबिधि मन्त्री कल्पना धमला, गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप उपसंयोजक सोम सापकोटा, स्वतन्त्र पत्रकार महासंघ नेपालका अध्यक्ष कृष्ण बास्तोला लगायतले नेपालीनेपाली डटकमलाई बधाई तथा शुभकामना दिएका छन्।

यस्तै स्पेन स्थित सम्पूर्ण संघ सस्थाका अध्यक्षहरु वा प्रतिनिधिले रेकर्ड गराएको अडियो तथा भिडियो शुभकामनालाई समारोहमा प्रस्तुत गरिएको थियो।  पत्रकार महासंघ युरोप शाखाका सदस्य दीपक क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली वेभका कोर्डिनेटर भोला लामिछानेले स्वागत मन्तब्य,नेपालीनेपाली डटकमका ईभेन्ट कोर्डिनेटर लक्ष्मण शर्माले कार्यक्रम बारे जानकारी दिए ।

स्पेन स्थित ब्यबसायी संघ संस्था लगायत शुभचिन्तकहरुको सहयोगमा नै सम्पन्न कार्यक्रमको संचालन नेपालीनेपाली डटकमका प्रधान सम्पादक वसन्त रानाभाटले गरेका थिए।

IMG_0555-1024x682 ​

Previous articleनयाँ बर्ष २०७२ सालको कार्यक्रम स्वीस टेलिभिजनले प्रसारण गर्ने
Next articleएनआरएन बेल्जियम द्वारा बैधानिक प्रकिया रहेका नेपालीको बारेमा अन्तरक्रिया सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here