१५ जुलाई २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको लुर्जेन शहरमा १९ अप्रिल २०१५ का दिन सम्पन्न नयाँ वर्ष शुभकामना सांझ २०७२ सालको कार्यक्रम स्वीट्जरल्याण्डको स्थानीय नेशनल टेलिभिजन एसएरएफ ओन (SRF1) ले यहि आउदो १७ जुलाई २०१५ शुक्रबारको दिन २०:५५ बजे प्रसारण गर्ने भएको छ।

उक्त कार्यक्रमकी मुख्य आयोजक नेपाली चेली बिमला हायोज बस्नेतले दिनु भएको जानकारी अनुसार उक्त टेलिभिजनद्वारा नेपाली कला र संस्कृतिलाई लिएर डकुमेन्ट्री बनाएको र आ-आफ्ना कला संस्कृति र भेषभुषा झल्किने खालका पहिरनमा उपस्थित हुने मध्येबाट पुरुष तर्फ बाट एक जनालाई स्वीस घडी र महिला तर्फ बाट एक जनालाई साडी पुरस्कार प्रदान गरेको जानकारी गराउनु भयो।

गुणराज शर्मा द्वारा उद्घोषित उक्त कार्यक्रममा चर्चित लोक गायक मिलन लामा तथा सकुन्तला थापाको बेजोड प्रस्तुतिको साथमा स्थानीय नेपाली कलाकारहरु वर्षा हायोज, सुवाष सुन्दास,   नबराज घिमिरे, देबंशी अर्याल, श्रीयास अधिकारी र नेपाली झिल्के दाईको प्रस्तुति रहेको थियो।

Previous article“एनआरएन बेल्जियम सदस्यता वितरण/नबिकरण तथा निर्वाचन कार्यालय उद्घाटन-सदस्यता भर्ने कार्य तिब्र
Next articleनेपालीनेपाली डटकमको, भब्य समारोह बीच पहिलो बार्षिकोत्सव सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here