खोटाङ, असार ५ गते । यस वर्षको प्रवेशिका परीक्षामा खोटाङका १४ विद्यालयको नतिजा शून्य भएका छन् । गत चैत महिनामा सञ्चालित परीक्षामा १४ विद्यालयका एक जनाले पनि उत्तीर्ण गराउन सकेन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार सिद्धेश्वरी मावि खिदिमा, शान्ति मावि छोरम्बु, सरस्वती मावि स–छितापोखरी, जनता मावि बतासे, राम्चे निकेतन मावि बतासे, बालकन्या मावि फाक्टाङ, लक्ष्मी मावि काहुले, जलेश्वरी मावि डम्बर्खुशिवालय, बालबालिका मावि मात्तिम, दाम्ली मावि डिकुवा, बेतुवा मावि फाक्टाङ, सिंहदेवी मावि बोपुङ र शिक्षा निकेतन मावि देवीस्थानको नतिजा शून्य भएको जिल्ला शिक्षा कार्यालय जनाएको छ ।

कार्यालयका अनुसार गत वर्ष जिल्लाका ९० वटा माविमध्ये ११ विद्यालयको नतिजा शून्य भएकोमा यस पटक बढेर १४ विद्यालयको नतिजा शून्य भएको छ ।

सिद्धेश्वरी मावि खिदिमाले लगातार तेस्रो पटक तथा बालकन्या मावि फाक्टाङ र जालपा मावि नुनथलाले लगातार दोस्रो पटक शून्य नतिजा ल्याएको कार्यालयले जनाएको छ । रासस

Previous articleरा प्र पा नेपालका भ्रात्री संगठन प्रवाशी नेपाली एकता समाजको सुचना
Next articleरुकुममा ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here