काठमाडौं–शनिबार रुकुममा ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ८ मिनेट जाँदा ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो। सो भूकम्पको धक्का राजधानीसम्म पनि महशुस गरिएको थियो। यो भूकम्प गत बैशाख १२ गते गएको भूकम्पको पराकम्पन भने होइन । गोरखा भूकम्पपछि नेपालको पश्चिम भागमा गएको यो तेस्रो भूकम्प हो । यसअघि हुम्लामा २ पटकसम्म भूकम्प गएको थियो ।

-नागरिक न्यूज

 

 

Previous articleप्रवेशिका परीक्षामा खोटाङका १४ विद्यालय शून्य
Next articleएन. आर. एन. ए. बेल्जियम को सदस्यता वितरण तथा नबिकरण सम्वन्धि जरुरी सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here