युरोप भरिका नेपालीहरुलाई एकै थलोमा ल्याएर फूटबल खेल प्रतिस्पर्धा गराउन स्विजरल्याण्डमा योजना गरिएको थियो । त्यो तयारी अहिले अन्तिम चरणमा पुगेको छ । यही जुन महिनाको २७ र २८ का दिन स्विजरल्याण्डको आराउमा हुने युरोपस्तरिय नेपालीहरुको मैत्रीपूर्ण फूटबल प्रतिस्पर्धामा बिभिन्न देशका १६ फूटबल टोलीले भाग लिएका छन । यसमा भाग लिन गैह्र आवाशिय नेपाली संघ (एन आर एन) का पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछाने सहित बिभिन्न उच्च ब्यक्तित्वहरुको संलग्नता हुने जनाइएको छ ।

एन आर एन ए स्विजरल्याण्ड र स्विसबासी नेपालीले संयोक्तरुपमा यो खेल आयोजना गरेका हुन् । यो युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको अन्तिम खेल तालिका आयोजकअले प्रकाशित गरेका छन् । खेल “लिग कम नक आउट” को प्रक्रिया द्वारा खेलाइने गरेको छ  । फूटबल प्रतियोगिताको नियम अनुसार पहिलो खेल आयोजक रास्ट्र स्विजरल्याण्डबाट सुरु गरिने छ ।

यो खेलमा सहभागि हुन जिवा लामिछाने लगायत जापान निवासी एन आर एन का अर्का अगुवा भवन भट्ट, एन आर एन युरोप सयोजक अर्जुन श्रेष्ठ, एन आर एन युरोप सहसंयोजक सोम सापकोटाको समेत उपस्थिती हुने छ । नेपालीहरुबिच भाईचाराको बिकास हुने, नेपाली नेपालीबिच मित्रता बढाउने र फूटबल खेलको बिकासमा सहयोग समेत पुग्ने हुनाले आफू उपस्थित हुन लागेको एन आर एनका पूर्व अध्यक्ष जिवा लामिछानेले जानकारी दिए । आयोजकहरुका अनुसार यो जमघटले नेपाली समूदायबिच फूटबल खेलको विकासकालागि सहयोग पुर्‍याउने छ । नेपालीहरुले फरक फरक देशमा बसेर हासिल गरेको ज्ञान, सिप र ब्यवशायिक अनुभव एक अर्काबिच आदान प्रदान गर्न पाउने छन् । त्यसैगरि बिभिन्न देशमा रहेका नेपालीहरुबिच हार्दिकता बढाउनकासाथै मित्रता गाँसिने छ ।

-निराजन श्रेष्ठबाट

Previous articleशुभ लामा एलमरको सहयोग प्रयास स्वीस पत्रिकामा प्रकाशित
Next articleराहत खाद्यान्न लुकाएर बिक्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here