नेपालमा परेको महाविपतिमा संसार भरि रहेका नेपालीले आ-आफ्नो ठाउबाट मलम लगाउने उद्देश्यका साथ् लागिरहेको अवस्थामा गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको कोषाध्यक्ष सिमा गौतमको पहलमा नेपालमा गएको  भुकम्पबाट पिडितका लागि तत्कालिन अत्यावश्यक राहत सामग्री  संकलन गरि नेपाल पठाईएको छ। उक्त सामग्री गैर आवासीय  नेपाली संघ केन्द्रिय समितिका महासचिव कुमार पन्त र युरोप संयोजक अर्जुन कुमार श्रेष्ठज्युले  सहयोग र समन्वयमा “एनआरएनए भूकम्प पिडित राहत तथा उद्दार समिति २०१५” मार्फत वितरण कार्य शुरु गरिएको छ।
लगभग २०० किलो बराबरको  टेन्ट  स्लिपिङ्ग ब्याग ,मेट्रेस ,मास्क,ग्लोब्स जस्ता सामग्रीहरु गैर आवासीय नेपाली संघ राहत वितरण समिति मार्फत दोस्रो चरणको राहत वितरण अन्तर्गत ओखलढुंगामा वितरण गरिसकिएको र केहि सामग्री अन्य प्रभावित क्षेत्रमा वितरण गरिने कुरा गैर आवासीय नेपाली संघ केन्द्रिय सचिवालयका कार्यकारी अधिकृत राजेश रानाले जानकारी दिनु भएको छ।
सामग्री पठाउन मुख्य भूमिका खेल्नु भएकी एनआरएनए स्विजरल्याण्डकि कोषाध्यक्ष सिमा गौतमले  प्राविधिक कारणले गर्दा समान पठाउन केहि ढिला भए पनि राहत सामग्री पिडितको हातमा पुगेकोमा खुशी व्यक्त गर्दै विपतमा परेका नेपालीको राहतका लागि सानो सहयोग गर्ने क्रममा आफु माध्यम बन्न पाएकोमा आनन्दित महशुश भएको बताउनु भयो।
उहाले सामग्री नेपालमा बुझेर वितरण गर्ने वातावरण मिलाईदिनु भएकोमा गैर आवासीय नेपाली संघका महासचिव कुमार पन्त र युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ लगायत समान संकलन र  पठाउनको लागि सहयोग गर्नु हुने सबिने राइखेन , गुणराज शर्मा , सुनम पन्त , विजया भट्ट ,सबिने शर्मा ,दिव्या ढकाल ,प्रतिभा लम्साल लगायत सम्पुर्णमा धन्यवाद सहित आभार व्यक्त गर्नु भयो।

IMG_8430 IMG_8432

Previous articleनेपालीघरको नयां नेतृत्व चयन जुन २८ मा संस्थामा आवद्ध हुन सबैलाई आग्रह
Next articleपुनःनिर्माणमा युवाको सक्रियता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here