नातिबाबु भट्ट, मे ३१, २०१५, अमेरीका। कोलोराडो स्थित नेपालीहरुको साझा संस्था नेपालीघरको आगामी कार्यकालकोलागि पदाधिकारीको चयन आगामी जुन २८ मा हुने भएको छ ।

कार्यसमितीको बैठकले हालै गठन गरेको निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार पदाधिकारी चयनको चुनाव आगामी जुन २८ मा हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार जुन २० मा मतदाताको नामावली सार्वजनिक, जुन २१ देखी २४ सम्म पदाधिकारीकोलागि आवेदन दर्ता, जुन २५ मा निवेदकहरुको नाम सार्वजनिक तथा दावि बिरोध, जुन २६ मा अन्तिम नामावली प्रकाशन र जुन २८ मा चुनाव हुने जनाईएको छ ।

संस्थाको सनीवार सम्पन्न कार्यसमितीको बैठकले यस संस्थामा आबद्ध भई नेपालीहरुको भाषा, संस्कृती, रहन सहन भेष भुषाको संरक्षणार्थ एक नेपालीघर निर्माणको माहान यज्ञमा सहभागी हुन सवैलाई अनुरोध गरेको छ । समितीले सबैको साझा सम्पत्तिको रक्षागर्न सवल र सक्षम नेतृत्व चयनको लागि इच्छुक सबैलाई संस्थामा आवद्ध हुन आग्रह गरेको हो । संस्थाको बिधान अनुसार आजिवन सदस्यता शुल्क १ सय डलर, साधारण सदस्य शुल्क ५ डलर, सःपरिवार सदस्य शुल्क ८ डलर र बिद्यार्थीको लागि ४ डलर रहेको छ । समितीले जुन १५ सम्म सदस्यता लिने सबैले मतदानमा भागनिल पाउने जनाएको छ ।

संस्थाले यस अघिनै आगामी जुन भित्र नया पदाधिकारी चयन सम्बन्धि सबै काम सम्पन्न गर्न शुसिल त्रिपाठीको संयोजकत्वमा भुषणलाल श्रेष्ठ, जगन्नाथ गौतम रहेको ३ सदस्ययि निर्वाचन समिती गठन गरि सकेको छ ।

Previous articleएन आर एन को संगठन नभएको भए विदेश को धोतीले तत्काल नेपाल को लाज छोप्न सक्ने अवस्था थिएन
Next articleस्विजरल्याण्डबाट पठाएको राहत सामग्री ओखलढुंगामा वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here