भूकम्प पिडितको नाम मा जे भईरहेको छ ठिक  छ नै ब्यापक  गलत पनि छ।  गरिबी ,समस्या र  अन्याय का बिचा  जसले रणनीति अपनाउछ  पक्कैनै त्यो असफल हुनेछ  रगत भित्रको पसिनामा बग्न चाहाने नेता नै समय लाइ याहा केहि ले च्यालेन्ज गरेका छन्। 

हो समय सान्दर्भिक  अनुसार नेता र नेतृत्व हुनु पर्दछ  तर यहा  पूर्व  प्राधान मन्त्रि  पुस्प कलम दाहाल ले आरा चालाएको  अनि साधु तथा  जोगी जस्तो  बर्तमान प्रधान मन्त्रि ले  मजदुरीले लगाउने टोपी लागाएको देख्दा अचाम्ब होइन आश्चर्य लागेको छ।

यो नाटक   हो कि  यतार्थ हो  जनता ले तपाई  हरु लाइ  सोध्ने छन्।  चुनाब आएको पनि छैन  तर तपाई हरु   यथार्थ भन्दा माथि भएको कारण ले जनता खुसि होईन  आश्चार्य मा छन्। २ पटक  सम्म संबिधान बनाउन अधिकार दिदा  जनताको फैसला गर्न नसक्ने नपुम्सक ले आज  मजदुर ले लगाउने टोपी  अनि मजदुरले  चलाउने हतियार समाउदा  तपाई प्रति आशा होइन निराशा बनेका छन्।

१० हजार को नेपालीको रगत पिएका प्रचण्ड को हात मा आरा  अनि शान्ति र जोगीको रुपमा देखिने सुसिल को  टाउको मा  मजदुरको टोपी देख्दा  नेपाली हरुले आर्थिक  क्रान्ति को अनुभब  होइन यहा त् पार्टी र आफ्नो संरक्षण गरेको महसुस भएको छ भन्ने शंका गरिरहेका छन्।

जनता यो बिपत समय मा दार्शनिक र पुरानो तत्व मा भन्दा पनि यथार्थ मा जान खोज्जी रहेको छ। तेस्रो शक्तिको बिकल्प खोजि रहेकोछ तर समय ले साथ् दिन सकेको छैन।

न त् राजाको आश  न नेताको आश  यो समय भएको बेलामा समय सान्दर्भिक अनुसार नचालिरहेको  अवस्थामा देश  भित्र अराजनैतिक बातावरण छाएको छ।

गाउ बस्तीमा चोर डकैति  को घुमफिर छ भने शहरमा राजनैतिक परिवर्तन को लागि देश द्रोहीहरु   हाबी हुने अवस्था देखिएको छ। तराई बस्तीमा  सरिता गिरि , सिके राउत  हरु हाबी हुन खोजेको अवस्थामा सरकार  परिवर्तन के धारणा ले के देशमा  परिवर्तन ल्याउन सक्छ ….?

शान्त रहेको वास्थामा १० हजार को  सहिद गराउने अलोकतान्त्रिक  व्यक्ति र प्रजा तन्त्रको  नाममा दासको राजनैतिक गर्ने नेताले यो बिध्वम्स्कारी भूकम्पको सामना गर्न सजिलो छैन ..? सम्पति कमाउने को नाम मा गल गाण   बोकेका  एन आर एन भनि आरोप लगाउदा  सजिलै संग उसले अन्यार्थ नलागेमा समानान्तर सरकार चलाउन सक्ने सम्मको आर्थिक धम्कि दिन सफल भएको छ।

यदि एन आर एन  को संगठन नभएको भए विदेश को धोतीले  तत्काल नेपाल को लाज छोप्न सक्ने अवस्था थिएन। हामि लाइ आज चाहिएको छ तर  विदेश ले बोलेको अवस्थामात्र थियो  तर  देश भित्र जन्मेर बिदेशमा काम गर्ने एन आए एन  ले नै हाम्रो लाज छोपिदिएको छ यो बर्तमान अवस्थालाई बुझ्ने कम मात्रमा देखिन्छ।  यतार्थ बाद र समय सान्दभिक अनुसार हामि हिड्न सकेनौ भने  भारत ले पठाएको च्यातिएको तिर्पाल मुनी नै बस्नु बाद्य हुनेछ  जसले हाम्रो सौन्दर्य  अनि अह्म्रो सान माथि विजय गर्ने छ  त्यो अवस्था बात  मुक्त हुनको लागि  हामि ले हामी लाइ नै सम्झनु र चिन्नु पर्छ।

देश हाम्रो हो अनि हामि देश का हौ। साथै जहा बसेपनि पनि मेरो जन्म भुमि नेपाल हो  जहा कसैले  अन्याय र अत्याचार को भुमि नपरोस  साथै हाम्रो रगत र पसिना जाहा  बगेहोता पनि समय सान्दर्भिक र माया ममता स्नेह अनि शक्ति सबै   नेपाल माथि नै रही रहिरहने  अवस्था छ। यो अवस्थामा सरकार को परिवर्तन होइन  देशको परिवार्तःन को आवस्यक छ। 

Previous articleजुरीखमा च्यारिटि कार्यक्रम भव्यताका साथ सम्पन्न
Next articleनेपालीघरको नयां नेतृत्व चयन जुन २८ मा संस्थामा आवद्ध हुन सबैलाई आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here