जगन्नाथ  डाँडा कटेरी, स्पेन। हामि लाइ थाहा  छ नेपाल र नेपाली आज  आशु मा डुबिरहेका छन् / सरकार लाटो होइन ,अल्मलिएको हो अनि बिदेशमा  बसेका नेपालि ले नेपाल भित्र देखाएको सहानुभुती , दया प्रेम  र आर्थिक सहयोग ले आफु छायामा परे भन्ने सोचेको छ  बास्तव मा पनि यो उर्लिएको आर्थिक सहयोग र सहानु भुतिको कारण आज सरकारी गाडी चढेर हिड्ने , अनि जनताको पसिना र रगत मा पौडी खेल्न  जानेका नेतालाई  बहुत ठुलो पिर लागेको छ 

यता  जनता  हरु कति समस्या र पिडामा छन् भन्ने कुरा यहा शब्द बाट ब्याख्या गर्न सकिदैन  / पाइला पाइला मा अशु र रगत मा हिडेका नेपाली ले नेता प्रति  आक्रोश देखाउनु स्वाभाविक हो  किनकी  नेता लाइ अभिभावक मानेका थिए तर  जति सहयोग भनिएको छ केवल बोलेको मात्र भएको र सरकार संग केहि नभएको कारण ले आज यो गति देखिएको छ  /   अधिकास  क्षेत्र मा  भूकम्प  पिडित  भएको कारण ले गर्दा सरकार संग आर्थिक  र सहयोग कर्मी तथा साधन  कमि भएको कारण ले यो दुर्दशा देखिएको कुरा लाइ हामीले आत्मा स्वीकार गर्नु पर्दछ / साथै  सहयोगी  कर्ता ले र मिडिया हरुले पनि सान्त्वना  दिनु जरुर छ किनकी  हामि प्रति भारतको तिखो आखा लागिरहेको छ यो अवस्थामा हामीले जनता लाइ भड्काउने या सरकार लाइकम्जोर देखाउने हो भने यहि मौका  छोपी भारत र क्रिस्चयिन धर्म्वालाम्बी हरु ले अझ भड्काउने छन् 

गरिब देश भित्र भएको यो ठुलो संकट ले आज संसार कै आखा  नेपाल मा  गएको छ / फरक त्यत्ति हो …..? कोहि सहयोग को  चाहना मा छन् त कोहि  भाइरस बनि आफ्नो सिमा  क्षेत्रको  अनुसन्धान  गर्दै  नेपाल लाइ सहयोग होइन कब्जा  गर्ने नीति  अनुरुप  हिडेको छ 

नेपालको लागि  भारतीय  प्रधान मन्त्रि मोदी निकै ठुलो भाइरस हुन् /  नेपालको संसदभवन  मा बुद्द  नेपालमा जन्मिएका हुन् भनि लाटा  संसद लाइ बिष  हालेको लड्डु खुवाए // अनि  फ्रान्स मा आएर  बुद्द  भारत मा जन्मिएका हुन्  भनि बिबादस्पद कुरा हरु गरेर हामि माथि कति ठुलो अपमान गरेका छन् /  यिनै  नेताको  पछि लागेर  आफ्नो कुर्ची को संरक्षण  गर्न खोज्नु नेपाली माथि को अपमान नेपाली नेता ले गरेको ठहर हुन्छ 

भूकम्प  पिडित लाइ सहयोग गर्नु खोज्नु  कुनै ठुलो आपत्ति होइन यो कुराको स्वागत  सबै बाट  हुनु जरुर छ तर  सहयोग को नाम मा नेपाली र भारतीय  नागरिक कहा छन् भनी  अनुसन्धान गर्दै आफ्ना  जनता को सुरक्षा मात्र गर्न खोज्नु अनि सिमा क्षेत्र मा बढी निगरानी गर्दै चिन, नेपाल र भारतको  आत्म बिस्वास र मित्रताको कायाम लाइ बन्देज गर्न खोज्नु आज भारत को नेपाल माथि सहयोग होइन कु दृस्टी भएको कुराको प्रमाणित हुन खोज्दछ / 

महा भूकम्प को पिडित र समस्याको अवस्था परेर भारतले  आफ्नो  हैकम नेपाल माथि राख्न खोज्नु  अनि यहि मौकामा  क्रिस्चियन  धर्म  मानिस  हरु शिक्षा , र  रोजगार को आस्वासन मा परमेस्वर व्याख्या गर्नु नेपाल को लागि  हैजा भन्दा पनि ठुलो भाईरस  हुन  सक्छ  तसर्थ  यी भाइरस लाइ जनता ले नै धपाउन सरकार लाइ धक्का दिनु  पर्छ //

भारत ले  नेपालको सुरक्षा र सहयोग को नाम  मा यदि  सेना  राख्यो भने यो जति ठुलो अभिशाप र  भाइरस केहि हुन सक्दैन  किनकी नेपाल भारत को प्रान्त होइन यो बिहार र उत्तर प्रदेश को बिस्तारित भुमि पनि होइन …? यहा  स्वाभिमानी  नेपाली बस्दछन्  यहा आफ्नै कानुन  छ /  संघियता ल्याएर  देश लाइ टुक्राउने षडयन्त्र रचेको भारत फेरी दुखमा साथ् होइन नाटकीय रुपमा  कब्जा  गर्ने सुर मा छ यो सबै लाइ चेतना भया …………//

Previous articleमहा भुकम्पमा मृत्यू हुनेको आत्मा शान्तिको कामना गर्दै कोलोराडोमा मैन बत्ती प्रज्वलन
Next articleनेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको तर्फबाट महाभुकम्प पिडितको लागि आपतकालिन राहत सङ्कलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here